अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी पूरा

135 पटक पढिएको

पोखरा, २१ असोज । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि यही असोज २५ गते हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

तीन चरणको महोत्सव कार्यक्रमअन्तर्गत पहिलो चरणमा असोज २५ गते अन्नपूर्ण आधार शिविरमा पहिलो अन्नपूर्ण हिमालका आरोही फ्रान्सेली नागरिक मोरिस हर्जोगको शालिक शिलान्यासका साथै अन्य विविध कार्यक्रम गरिने महोत्सव मूल समारोह समितिका संयोजक ललित गुरुङले जानकारी दिए ।

महोत्सवमा आउने आगन्तुकलाई लक्ष्य गरी अन्नपूर्ण पदमार्ग क्षेत्रमा परम्परागत होटल तथा व्यवसायको इतिहास झल्कने खालका अस्थायी आवास निर्माण गरिएको स्थानीय व्यवस्थापन उप समितिका संयोजक जगनरास गुरुङले जानकारी दिए ।

महोत्सवको उद्घाटन समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा थरुनी, सांसदहरू, मन्त्रालयका उच्च पदस्थ अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थिति रहने महोत्सव मूल समारोह समितिका महासचिव दिलीप गुरुङले बताए ।

महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक टंकराज अधिकारीका अनुसार महोत्सवमा सहभागी हुन आइतबारदेखि तीन दिनको पदयात्रासहित अन्नपूर्ण आधार शिविरमा पुग्ने र सो टोली २८ गते पोखरा फर्कने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

चलचित्र विकास बोर्डको अध्यक्षमा उद्धव पौडेलकी छोरी निकिता पौडेल नियुक्त

  काठमाडौं, २० मंसिर । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा.. ...

ओखलढुंगा कांग्रेसले गर्यो १९ जनालाई कारबाही, को को परे कारबाहीमा ? (नाम सहित)

ओखलढुंगा २५ मंसिर । नेपाली कांग्रेस ओखलढुंगाले निर्वाचनमा काग्रेस पराजय हुनुमा पार्टीभित्र.. ...

समानुपातिक मतमा माओवादीको अग्रता

जुम्ला, २५ मंसिर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate