अमर बहादुर बम रिहाई हुने सम्भावना, राष्ट्रपति र यूएईका प्रधानमन्त्री शेख बिच भेटवार्ता

313 पटक पढिएको

दुबई । राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले बुधबार जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ ।

उक्त अवसरमा दुई मुलुकबीच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो । उहाँले नेपालको पूर्वाधार, पर्यटन, कृषि, जलस्रोतको विकास तथा त्यसका लागि लगानी भित्र्याउने विषयमा छलफल भएको पनि उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति अल मोक्तुमले छलफलका क्रममा नेपाली श्रमिक इमान्दार र कर्तव्यनिष्ट भएको भनि प्रशंसा गर्नुभएको र राष्ट्रपति भण्डारीले नेपाली श्रमिकले आफ्नो रोजगारीबाट परिवारका साथै समाजलाई पनि फाइदा पु¥याएको जानकारी दिनुभएको सचिव वैरागीले बताउनुभयो ।

उहाँले पूर्वाधार तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा दुई मुलुकबीच स्थापित संयन्त्रलाई अझ थप सक्रिय तथा प्रभावकारी बनाउने कुरामा जोड दिइएको जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले अदालतबाट मृत्युदण्डका सजाय पाएका तथा १४ वर्षसम्म कारागारमा रहेका अमरबहादुर बमको सजाय माफी तथा निजको रिहाइका लागि उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको सचिव वैरागीले उल्लेख गर्नुभयो ।

वार्तामा आपूर्तिमन्त्री जयन्त चन्द पनि उपस्थित हुनुहुन्थ्यो ।

वार्तामा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

समानुपातिकमा माओवादी केन्द्र अगाडि

रोल्पा, २६ मंसिर । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) पहिलो भएको छ.. ...

काँग्रेस पराजित हुनुको कारण यस्तो छ

काठमाडौँ, २६ मंसिर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा.. ...

भूकम्पपीडितका नाममा १,३९५ ट्याक्सी दर्ता

काठमाडौँ, २६ मंसिर । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate