अमेरिकाको बाल्टिमोरमा ज्यान गयो प्रसिद्ध कँडेलको

3077 पटक पढिएको

बाल्टिमोर, अमेरिका । गुल्मी श्रीङ्गा, हाल परिवार काठमाडौं शँखमुलमा रहेका, एक होनाहार विद्यार्थी प्रसिद्ध कँडेलले अमेरिकाको बाल्टिमोरमा आत्महत्या गरेका छन । अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थी कँडेलले आफु बस्ने घरको लन्ड्री रुममा झुन्डिएर आत्महत्या गरेको पुस्टि भैसकेको छ । १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका आएका उनी काठमाडौं शंखमुल निवासी समाजसेबी चेतनाथ कंडेलका सुपुत्र हुन । कँडेलले डिप्रेशनका कारण आत्महत्या हुन सक्ने बुझिएकोछ । प्रहरीले अनुसन्धान गरी आत्महत्या भएको पुस्टि भैसकेको र उनको शव हाल MAC NABB FUNERAL HOME बाल्टिमोरमा राखिएको छ । दाह सँस्कार के कसरी गर्ने भन्ने सन्दर्भमा पारिबारिक सरसल्लाह हुँदैछ ।

दुई छोरामध्ये जेठा प्रसिद्ध कँडेल १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका आएका थिए । ८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका थिए । उनी अप्रिलदेखि बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए । काठमाडौंको चेल्सी एकेडेमीमा पढेका कँडेल जेहेन्दार र तेजिला विद्यार्थी थिए भने उनी ठुली आमाकी छोरी अर्थात दिदी र भिनाजु त्यहा भएकाले बाल्टिमोर सरेको बुझिएको छ ।

सहयोगका लागि स्वर्गीय प्रसिद्धका भिनाजु सुजन भण्डारीको संपर्क नम्बर : 410-236-1302 वा 443-454-0469 मा संपर्क सहयोग गर्न समाजसेवी रामप्रसाद खनालले अनुरोध गर्नुभएको छ । 

स्रोत : रामप्रसाद खनाल/नेपालमदर डट कम

तपाईको प्रतिक्रिया

एनआरएन अध्यक्षमा भवन भट्ट निर्वाचित

  काठमाडौं ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।.. ...

राष्ट्रपतिद्वारा एकै साथ सात  विधेयक प्रमाणीकरण

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई.. ...

कांग्रेस र फोरमबीच पार्टी एकता, कांग्रेसमै फर्किए गच्छदार

  काठमाडौं, ३० असोज । कांग्रेस र फोरमबीच सोमबार पार्टी एकता भएको छ । आइतबार दिनभरिको.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

Today Exchange Rate