ए-नारान, यता सुन त !

1317 पटक पढिएको

गोकुल ढकाल
लस एन्जलस, क्यालिफोर्निया ।
‘यस्तो तनाव त जीवनमै कहिल्यै भएको थिएन, हुंदा न खांदाको चिन्ता ।’ एनआरएन अमेरिकाको आसन्न निर्वाचन समितिका एक सदस्य टेलिफोनमा कुनै उम्मेद्वारसंग बैरागिदै थिए । आकाशमा तुंवालोले ढाकेन भने बिरक्तिएरै भएपनि सम्भवत यो लेख्दै गर्दा उम्मेद्वारहरुको सुची निस्कनेछ । त्यसो त, अरबौं खर्छ लाग्ने चर्चित कालिगन्डकी विजुली परियोजना कुनै नेपाली एक्लैले बनाउने ठेक्का लियो भने त्यसको चर्चा हुंदैन, तर एनआरएन अमेरिकाको चर्चा यतिबिधी ब्याप्त छ । सुनिन्थ्यो, एउटा नेपालीहरुको सम्मेलनमा ३५ बर्ष स्थापनाको ईतिहास भएको तारे होटेलमा कहिल्यै नबिकेको दारु बिकेको थियो रे । पहिले म्यारोडोनाहरुको मुखबाट नेपाली सुनिन्थ्यो-जानिन्थ्यो रे, अहिले जुकर्बर्ग पनि दंग होलान, यी नेपालीहरु चाँहीं मेरा असली गाहकी रहेछन भनेर । नेपालीहरुको नोटिफिकेशनहरुका तरंगले जुकरबर्ग सपनामै उठ्ने खालको चर्चा छ, एनआरएन अमेरिकाको ।

ए-नारान
तीनसयदेखी तीन हजार, पांच हजारदेखी करिब पन्ध्र हजारको काटीकुटी हाराहारीमा सदस्य संख्या रहेको सबैभन्दा ठुलो आईसिसी, एनआरएन अमेरिका शायदै कसैले सोचेका थिए, यत्तिको चर्चित हुन्छ भनेर ! आश्चर्य यो यति चर्चित भयो कि बिहान उठेर पाईखाना छिर्नु अगावै ‘हाई….. ‘ गर्दै भगवान हे – नारानको नाम लिन छोडेर एनआरएनका लागि मोबाईलका स्विच खुल्दछन । सबै यसैमा भुल्दछन र नानाभातीका स्टाटसमा डुल्दछन । हे – नारनलाई धुप सल्काउनु अघि आउने नेपालीका मुखराबिन्दुमा फुर्ने गायत्री मन्त्र हो, एनारएन । तिनका लागि एनआरएन फुल हो – प्रसाद हो, ज्वरो हो – ओखती हो, टाउको दुखाई हो – सिटामोल हो, दिनचैर्या हो – कर्तब्य हो, राजनीति हो – बेईमान हो । भएको चिज जति सबै हो । जानी नजानी पनि अमेरिकामा सबै एनआरएन बनेका छन, दशाले हो या नशाले ।

थोरै मतदाता वा सदस्य हुंदा कम चर्चा हुनु स्वाभाविकै हो । जब सुपर वकिल खगेन्द्र जि सी अध्यक्ष पदमा लडे, नेपाली जनसम्पर्क समिती अमेरिकाका पुर्व संयोजक हुनु वा राजनीतिमा प्रत्यक्ष-अप्रत्यक्ष उहांको संलग्नताले नेपाली कांग्रेसको उम्मेद्वारको चर्चा दिलायो । अर्का प्रत्याशी शिवकुमार राईलाई एमाले समर्थक उम्मेद्वारको रुपमा चर्चा चलाईयो । जम्मा दुईजनाको चुनावी रफ्तारले सम्भवत एनआरएन अमेरिकामा प्रथमपटक राजनैतीक ध्रुविकरणको शुरुवात भयो । राम्रा नराम्रा कामहरु आफ्नै ठाउंमा छदैंछन, तर एनआरएनमा कांग्रेस एमालेको राजनीति छिर्यो ।

बर्तमान अध्यक्ष डा. केशब पौडेलको पालामा त कांग्रेसका दुई उम्मेद्वार भए । प्रवासी मन्चको समर्थनमा गणेश कुँवर चुनाव लडे । ईतिहास किन कोट्याउनु पर्‍यो ? कसलाई किन खोट्याउनुपर्‍यो ? कसका उचाइं किन छोट्याउनुपर्यो ? यि सबै आ-आफ्ना बेलाका कुरा भए, तर राजनीति त छिर्यो भन्नै पर्छ ।

दुई मन दुई तिर :
संगै ब्यापारिक साझेदारी भनिएका आसन्न एनआरएन अमेरिकाका अध्यक्ष पदका दुई शक्तिशाली उम्मेद्वार डा. केशब पौडेल र गौरीराज जोशीको हिमचिम घटेर भेट्दा पनि अांखा चिमचिम हुन नसकेको अवस्था छ । भेट्दा संगै मुस्काने फोटो खिचिए पनि अन्तरमन दुबैको नराम्रो संग मिचिएको चेहेराले दर्शाउंछ । चुनावी रफ्तार अगाडी धेरैचोटी एउटै सिटमा नेपाल उडेका डा. साब र ईन्जिनियर साबको चुनावी योजना कसरी भाताभुन्ङ्ग भयो, त्यो उहंहरुलाई नै थाहा होला । तर, हामी साधारण समर्थक मतदाताको चाहना चाहीं दुबै जना मिलिदिएको भए प्रवासी नेपाली समुदायमा एउटै बिचार र सिद्धान्त बोकेका दाजुभाईहरु बिभक्त हुने थिएनन । डा. साब र ई. साबका आ-आफ्ना समर्थक – शुभ-चिन्तकहरु छन । त्यो अर्को पाटो हो । तर गन्तब्यको एउटै बाटोको लागि उहांहरुको रोड्म्याप मिलिदिएको भए एकै चोटी न्यूयोर्कमा दुईटा, बाल्टिमोरमा संगै, क्यालिफोर्नियामा आज र भोलीपल्ट र डालसमा बिहान र बेलुकी उहांहरुका चुनावी कार्यक्रमहरु आयोजना हुने थिएनन । जसले गर्दा एकै समाजका तिनै ब्यक्तिहरुको उपस्थिती र मनसपाटलमा बिभाजनको बिजारोपण हुने थिएन । आखिर जाने त तिनै ब्यक्तिहरु न हुन, डा. साब एकताको मल्हम लिएर आए पनि वा ई. साब समाधानको नक्सा लिएर आए पनि ।

उम्मेद्वारी र पर्चावाजी :
जिन्दगीमा धेरै त पढिएन । तर बोदो दिमागले जाने अनुसार प्रजातान्त्रिक समाजमा मान्यता पुगेको उम्मेद्वार चुनावमा भाग लिन पाउनुपर्छ । कतिपय बाधा र अड्चन त समाजले पनि चिर्न सक्छ । त्यसैले त होला, सामुदायिक संस्थाहरुको स्थापना भएको । एउटै समाजमा बसेर साधारण कचहरी मिलाउन सक्ने क्षमता राख्न पर्ने हो, समाजले । त्यसमाथी अझ कति ठुला-ठुला संस्थाहरु छन, उनीहरु जाग्न पर्ने हो । ढिला भयो, खोई किन जागेनन । जाग्न त जागेका छन । अनि जागया जाग्या जस्तो गरेर भागेका छन । भित्र हित्रै समर्थन छ क्यार, आ-आफ्नालाई । फेरी के के समिती पनि लाटो नहोला, अल्छि नहोला, खेलवाड पकै नगर्ला । जे गर्छ, राम्रो मात्र गरोस ।

नानाथरीका दर्ता भए-नभएका ? अनलाइन मिडिया, सामाजिक संजालको सहायताले एकै देशबाट सात समुन्द्रपारी पसिना चुहाउन आएका हाम्रा मनमा यो बिघ्न फाटो र खाटो, प्रचार र विवाद, समर्थन र खुराफात, होच्याउने र थिच्याउने नगर्न पाको भए राम्रो हुन्थो होला । हुन त अब समय पनि छैन क्यार । भरे भोली चुनावी नामावाली आउला । ती सदस्यले भनेका छांटले त चुनाव छिट्तै होला जस्तो लाग्दैन । ढिलाई होल, एकदिन त अबश्य होला । तर तल्लोस्तरमा नझरी स्वच्छ प्रतिस्पर्धाको रस्ता ब्यबस्था गरे कसो होला ? ए – नारान, यता सुन त ।

बिभाजित पत्रकारिता :
आफु आलाकांचा ठेट्ना भए पनि भन्न मन लाग्छ । एनआरएनको चुनावी माहौलले सबैभन्दा बिभक्त र अस्वतन्त्र भएको क्षेत्र हो, पत्रकारिता । आज एक जना उम्मेद्वारको खबर हाल्यो, ‘उ त्यो खुराफातीले गौरीको पैसा खाएछ’ भन्छन । समानता देखाउन अर्को उम्मेद्वारको ब्यानर हाल्यो, ‘गौरीलाई त ठग्यो-ठग्यो, डा. पौडेलपट्टी भाग खान पुगेछ’ भन्छन । डा. पौडेलको कार्यक्रममा गयो, ‘रबिनालाई नमस्कार गर्दै थियो, टीमलाई धोका दिएर डा. पौडेलको ‘लाईभ’ ठोकेर भात हसुरेको छ’ भन्छन । यस्तो छ, समाज । आग्रह गर्न मन लाग्छ, एनआरएनका उम्मेद्वारहरुले ‘पत्रकारिता गर्ने भन्नेहरुलाई’ रकम दिएको पारदर्शी दस्तावेज सार्वजनिक गर्न सक्ने हो भने अरुले भन्दा पांच सय भोट ल्याउंछ ।

फेरी बरिश्ठ पत्रकारहरु पनि टन्नै हुनुहुन्छ, अमेरिकामा । पत्रकार पुरुशोत्तम ढकालले भन्ने गरेको जस्तो ‘कुटुम्ब साप्ताहिकका सम्वाददाता’हरु पनि नभएका होईनन । पांच सातजना असली पत्रकारहरुबाहेक प्राय सबैजसो समर्थनका नाममा आँफैंमा बिभक्त छन । पंक्तिकारले गाली पाओस वा ताली, उम्मेद्वारहरुको अघोशित प्रचार प्रमुख बन्ने-बनेका उदाहरणहरु प्रशस्त छन । जसले गर्दा पत्रकारले समर्थन गर्ने भन्दा बाहेकका कार्यक्रममा जानु, उम्मेद्वारले राम्रो बोले ताली पड्काउंदा बरिश्ठज्यूहरुले ‘हनुमान’को पगरी गुथाईदिनुहुन्छ । चुनावी प्रचार प्रमुखहरु उहांले समर्थन गरेका उम्मेद्वार उड्न भ्याका छैन, बोलिसकेको जतो एजेन्डा भनेर चौध रंग पोतिदिनुहुन्छ । आ-आफ्ना आरोप छन, हिजो एक सहकर्मी मित्रले भन्दैहुनुहुन्थ्यो, ‘तपाईंलाई त ५,५००।०० दिने कुरो थियो रे त’ ! आश्चर्य, यस्तो छ, सहकर्म र सहधर्म ।  म आफु पनि त्यो रोगको शिकार हुंला । तर समानता, स-शक्तिकरण, परिमार्जन र एकतामुलक सहभागीताको लागि न नेपाल अमेरिका पत्रकार संघ लागेको आभाश हुन्छ, न अर्को पत्रकार संघ खोल्न लागुभएकाहरुले हामीलाई निर्देशन दिनुहुन्छ वा न पुर्व अध्यक्ष, भावी अध्यक्ष र सल्लाहकारहरुले एकताको प्रयास गर्नुहुन्छ । यस्तो खले रोग छ । बढी लेखें कि के हो ? सांची यो त सबैभन्दा प्रजातान्त्रिक मुलुक पो त ।

बफेदार ठेकेदारहरु :
कालीगन्डकी जलायोजना जस्तो ठेक्का पट्टाको रुपमा अगाडी बढेको छ, एनआरएन चुनाव । सबैभन्दा बढी चर्चा पनि यसैको छ र सबैभन्दा विवादित पनि यही । उम्मेद्वारलाई समर्थन गरेर सामुदायिक केन्द्र स्थापना गरेको ‘जस’ लिने समुह पनि छ । उम्मेद्वारलाई समर्थन गरेर बिद्धालय स्थापना गर्न नसकेको ‘अपजस’ पखाल्ने समुह पनि छ । सामाजिक परिवर्तनका लागी भनेर बिना स्वार्थ सहयोग गर्ने समुह पनि छ । सामाजिक परिवर्तनका नाम भजाएर ‘राजनिती’ घुसाउने समुह पनि छ । एक आपसमा बजाएर बिख चुसाउने समुह पनि छ । चुनाव हो, सबै प्रकारको समुह हुन्छ । अत: चहिने जति सबै समुह छ । तर एउटा यस्तो छांयां समुह छ, जुन देख्न सकिदैन । न चिन्न सकिन्छ । न तोक्न सकिन्छ न केही भनेर ठोक्न सकिन्छ । तर छ न चाहीं छ, जसलाई म ‘बफेदार ठेकेदार’ को रुपमा सम्बोधन गर्दै आईरहेको छु । जसले मालिक (उम्मेद्वार) भन्दा माथी रहेर स्वविवेकले निर्णय गर्छ । छ न चांही छ, कता छ कता छ । तर वफादार रुपमा उ अमेरिकामै छ ।

उम्मेद्वार, आफुले मन पर्ने मान्छे टीममा राख्ने साहस गर्न सक्दैन । नमान्ने तर मालिकप्रति वफादार ठेकेदारको समुहले निर्णय गर्छ । उम्मेद्वारले मान्नै पर्छ । नत्र लाईन चेन्ज, प्रचार बन्द । देखिंदा बफेदार ठेकेदारअको समुह शक्तिशाली लागे पनि त्यही समुहले मालिकलाई भोट हाल्छ भन्ने ग्यारेन्टी छैन । उसको काम त भजाउने, बजाउने र सपना सजाउने मात्र हो । चाकरी मालिकको दर्हो दिने तर भोट रुख भए, सुर्यमा । सुर्य भए, रुखमा । बिचरा मालिक सधैं दुखै दु:खमा ।

सुन त :
कसले सुन्ने ? गुट र उप गुट छ । एउटा गुटको कुरा अर्को गुटले सुन्छ ? कहिल्यै सुन्दैन । सभ्य समाजमा बिरोधीहरुको कुरा धेरै सुनिन्छ । यहाँ यस्तै हो । त्यसो त, राम्रा कामहरु पनि गरेका डा. केशब पौडेलका कुरा पनि कसैले सुन्दैनन । राम्रा योजना लिएर समाज सुधार्छु भन्ने गौरीराज जोशीका कुरा पनि कोही सुन्दैनन । महिला प्रतिनिधिमुलक संस्था बनाउंछु भन्ने रबिना थापाका कुरा पनि सुन्दैनन । सामाजिक निरन्तरता दिन्छु भन्ने कृष्ण पोखरेलका कुरा पनि कोही सुन्दैनन । तीन लाख प्रवासी एकै थलो – एकै माया भन्ने राम सि पोखरेलका कुरा पनि सुन्दैनन । सुन्दै सुन्दैन त के सुनाउने ? तै पनि उनीहरु चार दिशा दौड धुपमा ब्यस्त छन । जुन राम्रो पक्ष छदैंछ ।

हुन त कती सुन्ने ? तिनै नारा, त्यही पारा । र पनि सुन्नैपर्छ, एनआरएन मार्फत देश बनाउने दस्तावेज । कार्ययोजना हो, सुन्नैपर्छ । तर सत्र हजार सेना भएको एनआरएनको बलिबुता र हविगत यति मात्रै पक्कै होईन । यो अझै शक्तिशाली छ, अझ शक्तिशाली बन्नुपर्छ । नबने घाटा सबैलाई हो । हामीले ग्रहण गर्ने त सकरात्मक कुराहरु न हो । सान्दर्भिकतालाई लिईरहनुपर्छ रे, चाहे उम्मेद्वारहरुले पत्रकार पैसामा बिकेको आरोप नै किन नलागाउन । हामीले चाहेर या नचाहेर पनि ‘चुनाव’ भए जित्ने यिनिहरु नै हुन ।

अब पनि हाम्रा कुरा सुनेनन भने पुकारौंला अर्कोपटक, चुनावरुपी भगवानलाई अनि भनौंला, ए-नारान, यता सुन त !
अस्तु !

तपाईको प्रतिक्रिया

एनआरएन अध्यक्षमा भवन भट्ट निर्वाचित

  काठमाडौं ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।.. ...

राष्ट्रपतिद्वारा एकै साथ सात  विधेयक प्रमाणीकरण

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई.. ...

कांग्रेस र फोरमबीच पार्टी एकता, कांग्रेसमै फर्किए गच्छदार

  काठमाडौं, ३० असोज । कांग्रेस र फोरमबीच सोमबार पार्टी एकता भएको छ । आइतबार दिनभरिको.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

Today Exchange Rate