चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

9681 पटक पढिएको

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ले यतिबेला दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको तीन दिनमा झण्डै २ करोड कलेक्सन गरेको ‘ऐश्वर्य’को मेकिङ र सिनेम्याटोग्राफीलाई दर्शकले उत्कृष्ट भनेका छन् । यो फिल्मबाट नव-नायिका दीपिका प्रसाईँले संभावना देखाएकी छिन् भने नायक रमेश उप्रेतीले यसअघिका फिल्मभन्दा ‘ऐश्वर्य’बाट गज्जबकै तारिफ पाएका छन् ।

रमेश र दीपिकाबाहेक दर्शकले फिल्मका दुई पात्रको निक्कै तारिफ गरे, नायिका केकी अधिकारी र खलनायक प्रशान्त ताम्राकार । सुनिल थापा अर्थात्, राते काइलापछि नेपाली फिल्मका खतरनाक भिलेनको रुपमा ‘ऐश्वर्य’बाट प्रशान्त ताम्राकारलाई हेरिएको छ । चकलेटी अनुहार र बोल्ड आवाजले प्रशान्तलाई ‘ऐश्वर्य’को हिरो बनाएको छ ।

फिल्मको सबैभन्दा बलियो पक्षमध्ये प्रशान्तको अभिनय पनि एक हो । उनी जब डरलाग्दो आवाजमा प्रचलित नेपाली संवादहरु बोल्छन् तब हलमा ताली र सिठ्ठीको कमी हुँदैन । फिल्मको ट्रेलरबाटै उनी ‘ह्यान्डसम भिलेन’को रुपमा कहलिएका थिए ।

यस्तै, फिल्मको मेरुदण्ड हुन्, नायिका केकी अधिकारी । केकीको चरित्रले मूल कथालाई मूर्त बनाउन उल्लेखनीय योगदान गरेको छ । उनको चरित्र उनकै लागि लेखिएझैँ लाग्छ । केकीको अभिनयले फिल्मका सबै पात्र भुलाउँछ । गीत-संगीत र टीजरमा स्थान नपाएकी केकीले फिल्मको सेकेन्ड हाफपछिको सबै जिम्मेवारी आफैले उठाएकी छिन् ।

पहिलो हाफपछि दर्शकले केकीलाई मात्र खोज्दछन् । उनको चुलबुले स्वभावले दर्शकलाई आँखा चिम्लन दिँदैन । आफ्नो ड्रिम व्वाई भन्दै रमेश उप्रेतीलाई पाउन उनले गरेका हर्कतहरु कम्ता रमाइला छैनन् । केकी आफ्नो भूमिकामार्फत दर्शकलाई ‘होल्ड’ गर्न सफल छिन् । फिल्म हेरेपछि दर्शकले केकी र प्रशान्तले ‘ऐश्वर्य’ धानेको प्रतिक्रिया दिएका छन् ।

दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी, रमेश, प्रशान्त र दीपिकासंगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ ।

साभार फिल्मी खबर

तपाईको प्रतिक्रिया

समानुपातिकमा माओवादी केन्द्र अगाडि

रोल्पा, २६ मंसिर । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) पहिलो भएको छ.. ...

काँग्रेस पराजित हुनुको कारण यस्तो छ

काठमाडौँ, २६ मंसिर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा.. ...

भूकम्पपीडितका नाममा १,३९५ ट्याक्सी दर्ता

काठमाडौँ, २६ मंसिर । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate