जोखिम न्युनिकरण गर्न भन्दै रेमिट रकमको सिमा १ लाख तोक्ने राष्ट्र बैंकको तयारि

15 पटक पढिएको

काठमाडौं १७ मंसिर । नेपाल राष्ट्र बैंकले एक लाखसम्म रेमिट गर्न मिल्ने व्यवस्था प्रस्ताब गरेको छ। विद्युतीय माध्यमबाट हुने कारोबार व्यवस्थित गर्न र जोखिम न्यूनीकरण गर्न भन्दै राष्ट्र बैंकले अब एक लाखसम्म मात्र रेमिट गर्न मिल्ने व्यवस्था प्रस्ताब गरेको हो।

रेमिट्यान्स कम्पनी मार्फत विदेशबाट पठाएको रकम नेपालमा रहेका सम्बन्धित पक्षलाई १ लाखसम्म नगदमा भुक्तानी गर्न सकिनेछ। उक्त सिमा भन्दा बढी रकम भएमा बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने राष्ट्र बैकको प्रस्तावित व्यवस्थामा उल्लेख छ। यस अघि रेमिट्यान्स कम्पनीहरुबाट भुक्तानी हुने रकमको सिमा तोकिएको थिएन।

राष्ट्र बैंकले प्रस्ताब गरेको व्यवस्था अनुसार एजेन्ट वा सब एजेन्टहरुले सम्बन्धित रेमिट्यान्स कम्पनीको सिस्टम प्रयोग गरि स्वदेशमा आन्तरिक रेमिट्यान्स कारोबार समेत गर्न पाउने छैनन।

भुक्तानी कारोवारमा एकरुपता कायम गरी जोखिम कम गर्न राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा तोक्न लागेको हो । प्रस्तावित व्यवस्थाका विषयमा सरोकारवालाले २९ गतेसम्म राय पेश गर्न सक्नेछ्न। सुझाबका आधारमा भुक्तानी र खर्चको सीमा निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया

समानुपातिकमा माओवादी केन्द्र अगाडि

रोल्पा, २६ मंसिर । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) पहिलो भएको छ.. ...

काँग्रेस पराजित हुनुको कारण यस्तो छ

काठमाडौँ, २६ मंसिर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा.. ...

भूकम्पपीडितका नाममा १,३९५ ट्याक्सी दर्ता

काठमाडौँ, २६ मंसिर । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate