टिमको विश्वासको आधारमा सचिवालयका धेरै महत्वपुर्ण कामहरु सम्पादन गर्ने अवसर पाएँ : सुर्य लम्साल ( एनआरएन अमेरिका, महासचिव पदका उम्मेद्वार)

118 पटक पढिएको

एनआरएनए अमेरिकाका महासचिवका उम्मेदवार सुर्य लम्साल न्यूयोर्क पावर अथोरिटीका बरिष्ठ इन्जीनियर हुन् । गैरआवासिय नेपाली संघ अमेरिकाका सदस्य एवं विज्ञान प्रविधि र अर्थनीति सम्बन्धी समिति (स्टेप) का संयोजक समेत रहीसकेका लम्साल नेपालमा अमेरिकी लगानी बढ्न नसक्नुमा विद्यमान दोहोरो कर प्रणाली कारक देख्छन् । न्यूयोर्क युनीभर्सीटीका प्राध्यापक समेत रहेका लम्सालसंग एनआरएन र लगानीको बारेमा गरीएकोे कुराकानी :

अमेरिकी लगानी नेपालमा किन अपेक्षा अनुरुप हुन सकेन ?
लगानी हुदै नभएको त होइन । पर्यटन, कृषी तथा शिक्षा क्षेत्रहरुमा व्यक्तिगत र केहि संस्थागत लगानी पनि भैरहेका छन् तर लगानी प्रवर्धनको मुख्य अवरोधक भनेको दोहोरो कर प्रणाली हो जस अनुसार नेपालमा प्राप्त मुनाफाको कर अमेरिका र नेपाल दुवै देशमा तिर्नुपर्न हुन्छ । यसैको कारणले ठुला लगानीकर्ताहरु हच्किइरहेका छन् । यो खारेज भइ व्यापार सम्झौता नभएसम्म अमेरिकाबाट नेपालमा लगानी बढाउन गाह्रो छ । कर सम्बन्धी कुनै झमेला नभएका हाम्रा छिमेकी भारत र चिनमा हालैका बर्षहरुमा जुनरुपमा अमेरिकी लगानी तीव्र गतिमा वढिरहेको छ त्यो हामी कहाँ पनि सम्भव छ । अहिले पनि एनआरएन मार्फत वा प्रत्यक्ष बैदेशिक लगानी मार्फत नेपालमा लगानी गर्न चाहनेको संख्या ठुलो छ ।
तपाइ संयोजक रहेको एनआरएनएको स्टेप कमिटिले दोहोरो कर हटाउने बारेमा के गर्यो ?
दोहोरो कर प्रणाली हटाउनको लागी एनआरएन एक्लै सक्षम छैन । यो दुइ देशको सरकारले चाहेमा तत्काल हुन्छ । त्यसका लागी हामीले पहल गर्ने हो । एनआएएनए अमेरिकाले नेपाल सरकार अर्थ मन्त्रालय, नेपालस्थित अमेरिकी दुतावास र अमेरिकास्थित नेपाली दुतावासमार्फत धेरै चरणमा छलफल गरिरहेका छौँ । तर नतीजा निस्कन अझै सकेको छैन । अहिले दुवैपक्षले यो विषयलाइ गम्भिरतापुर्वक लिएका छन् । एनआरएनएको अव बन्ने कार्यसमितिले यो विषयलाइ प्राथमिकताका साथ उठाउने छ । मलाइ विश्वास छ, यो मुद्धा चाडै नै समाधान हुनेछ ।

दोहोरो कर प्रणाली हट्दैमा लगानी बढ्छ भन्ने के ग्यारेन्टी छ ?
ग्यारेन्टी होइन तर विश्वस्त आधार चाहिँ अवस्य बन्न सक्छ । अहिले यहि कारणले एनआरएन र अमेरिकी लगानीकर्ताहरु आकर्षीत हुननसकेको अवस्थामा यहि एकोहोरो कर प्रणाली हुने हो भने धेरै सहज हुनेछ । लगानीको लागी नेपाल भर्जीनल्याण्ड हो भन्नेमा सबै कन्भिन्स छन् ।

तपाइ सम्मिलीत एक लगानी समुहले नेपालमा हाइड्रोपावर निर्माण गर्ने चर्चा थियो त्यो के भयो ?

नेपालको विकासको सबैभन्दा उपयुक्त श्रोत जलविधुत होे र त्यसमा मुनाफा पनि सुनिश्चित भएर हामीले १८० मेघावाटको आधिँखोला हाइड्रोपावर सामुहिक लगानीमा शुरु गर्न योजना बनायौँ । जलविद्युत जस्ता ठुला परियोजनामा हाम्रो मात्र लगानी पर्याप्त हुदैन तसर्थ एक्जिम बैकंमार्फत लगानी स्विकृत समेत गराइसकेका थियौँ । तरल राजनीतिक अवस्थाका कारण विभिन्न प्रशासनीक र राजनीतिक झमेलाले गर्दा त्यो परियोजना त्यतिकै तुहियो ।

तपाइ किन अमेरिका आउनु भयो र व्यवसायीक रुपमा हाल के मा संलग्न हुनुहुन्छ ?
म पुल्चोक इन्जिीनियरिगं क्याम्पसबाट इन्जिीनियरिगं सकेपछि थप अध्ययानको लागी अमेरिका आएको हुँ । सन् १९९८ मा फ्लोरिडा इन्स्टिच्युट आफ टेक्नोलोजीबाट सीभिल इन्जीनियरिगंमा मास्टर्स गरेँ । हाल शहरि पुर्वाधार विकासमा पिएचडी गरिरहेको छु । हाल म न्यूयोर्क पावर अथोरिटिमा सीनीयर इन्जिीनीयरीको रुपमा कार्यरत छु । म अमेरिकन सोसाइटि अफ सिभिल तथा स्ट्रक्चरल इन्जिनीयरस्को बरिष्ठ सदस्यका रुपमा पनि काम गरिरहेको छु भने अमेरिकन सोसाइटि अफ नेपाली इन्जीनियरस्को बोर्ड सदस्य छु । न्यूयोर्कका विशाल अग्ला भवन र अमेरिकाका प्रख्यात फुटबल स्टेडियमहरुको स्ट्रक्चरल डिजाइनमा म लामो समयदेखी संलग्न छु । कोरियामा सम्पन्न सन् २००२ को विश्वकप फुटबलको स्टेडियम डिजाइनको अमेरिकी इन्जीनीयर्सको टोलीको म पनि सदस्य थिएँ । हाम्रो टोलीले उत्कृष्ट डिजाइनरको अवार्ड समेत पाएको थियो ।

एक पुर्वाधारविज्ञका हिसावले नेपालको विकास निर्माणको प्रणालीप्रति तपाइको के टिप्पणी छ ?

नेपालको भौतिक पुर्वाधार विकासको अवधारणामै केही त्रुटी देखीन्छ । प्राकृतीक सम्पदाको संवेदनशीलताको संरक्षण विकासको पहिलो सर्त हो तर हामीले भौतिक पुर्वाधार निर्माणको क्रममा तत्कालीक सहजतालाइ मात्र महत्व दिदैछौँ जुन भविश्यमा खतरनाक हुनेछ । अर्कोकुरा हतारमा बजेट खर्चीन कुशल इन्जिीनियरिगं बिनै कमसल निर्माण सामग्रीमै विशाल संरचनाहरु निर्माण गरिएका छन् । कम्तिमा एकसय बर्ष पछिको अवस्थाको आंकलन नगरि निर्माण हुने भौतीक पुर्वाधारले दिगो विकास सम्भव छैन । अर्काे कुरो कुन ठाउमा कस्तो पुर्वाधार निर्माण गर्ने भन्नेमै पनि अलमल देखिन्छ ।

तपाइ एनआरएनए अमेरिकाको महासचिवको उम्मेदवार हुनुहुन्छ, तपाइको एजेन्डाहरु के के हुन् ?

मेरो मुख्य एजेन्डा एकता र समृद्धि नै हो । तर मैले चुनावी अभियानमा आफ्नो चार बुँदे एजेन्डालाइ जोड दिएको छु जसमा सदस्यता वितरणलाइ पारदर्शी बनाइ नयाँपुस्तालाइ एनआरएनएमा ल्याउन विशेष योजना बनाउने, एनआरएन परिचय पत्र प्रभावकारिढंगले लागु गर्ने, राज्य च्याप्टरहरुको कार्यसम्पादनलाइ स्वतन्त्र र उपयोगी बनाउने नीति निर्माण गर्ने र अन्य नेपाली संघसंस्थाहरुसंगको सहकार्यको लागी पहल गर्ने तथा अमेरिकाको मुलधारमा नेपालीलाइ समाहित गर्न पहल रहेका छन् । परिणाममुखी सचिवालय र शक्तिशाली एनआरएनए निर्माण मेरो प्रतिबद्धता हो ।

तपाइको जितका आधारहरु के के छन् ?

त्यसको लागी प्रसस्त आधारहरु हुन् । मेरो सवैभन्दा ठुलो आधार भनेकै मेरो अनुभव र योग्यता हो । त्यस्तै मैले २ बर्ष बोर्ड अफ डाइरेक्टर हुदाँ गरेका कामहरु हुन् । सचिवालय संचालन सवैभन्दा चुनौतिपुर्ण र बौद्धिक कार्य हो यसको कुसल संचालन अनुभबी र योग्य मानिसबाट मात्र सम्भव छ भन्ने कुरा अमेरिकाका एनआरएन साथिहरुले राम्ररी बुझ्नु भएको छ । मेरो लागी यो अर्काे सवल पक्ष हो ।
एनआरएनको एक मुख्य काम इनोभसन र इन्भेस्टमेन्ट हो जससम्बन्धी उच्चस्तरिय समितिमा मैले काम गरेँ । मैले सेन्सस कमिटीको सदस्यको रुपमा पनि काम गरेँ हाम्रा समितिले अमेरिकामा रहेको नेपालीको औपचारिक डाटा पहिलो पटक सार्वजनिक गरेको थियो । नेपालमा लगानी र सिप तथा प्रविधीको हस्तान्तरणका विषयमा हामीले धेरै कामहरु गरेका थियौँ । त्यो मेरो लागी जीतको एक प्रमुख आधार हो । मैले टिमको विश्वासको आधारमा सचिवालयका धेरै महत्वपुर्ण कामहरु सम्पादन गर्ने अवसर पाएँ जुन मेरो लागी ठुलो अनुभव बन्यो । त्यो अनुभवले मलाइ महासचिव भएर सम्पादन गर्नुपर्ने कामको बारेमा पुर्ण आत्माविश्वास पनि भयो त्यो पनि मेरो जीतको आधार हो ।

तपाईको प्रतिक्रिया

धुर्मुसले गरे अर्को उदाहरणीय काम, आगलागीमा परेकी महिलालाई बचाए

महोत्तरी, २ भदौ । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाएका नेपालका हास्य कलाकार.. ...

मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए

मोरङ, २ भदौ । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग.. ...

नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, २ भदौ । नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

August 2017
S M T W T F S
« Jul    
 12345
6789101112
13141516171819
20212223242526
2728293031