निर्वाचन सफल बनाउन राष्ट्रपतिको अपील

223 पटक पढिएको

काठमाडौं, ३० बैशाख ।
राष्ट्रपति विद्या भण्डारीले भोलि हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आहृवान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आहृवान गरेकी हुन् । राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनु पर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुड्किलो भएकाले यसको आफ्नै महत्व छ ।’
यो निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराई स्थायित्व र आर्थिक सम्वृद्धिको ढोका खोल्ने राष्ट्रको विश्वास छ । साथै राष्ट्रपतिले उत्साहका साथ निर्वाचनमा सहभागी भई मताधिकार प्रयोग गर्न मतदाताहरुलाई अपील गरेकी छन् ।
राष्ट्रपति भण्डारी शुक्रबार मात्र पाँच दिने थाल्याण्ड र श्रीलंका भ्रमणमा गएकी छिन् । उनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने निर्णय गरिसकेकी छन् ।

तपाईको प्रतिक्रिया

बसन्ता प्रकृतिले ल्याइन ‘तीजमा नाच्ने..’ गीत, गीतमा निता ढुंगाना यसरी नाचिन (भिडियो सहित)

पछिल्लो समय निकै चर्चामा पुगेकी गायिका हुन बसन्ता प्रकृती । पहिलो एल्बम मनमा ल्याएर बजारमा.. ...

२४ घण्टाभित्र गाडी, ल्यापटप र आइफोन फिर्ता गर्न सचिव गोपिनाथ मैनालीलाई आयोगको पत्र

  काठमाडौं, ८ साउन । सचिव गोपिनाथ मैनालीलाई २४ घण्टाभित्र गाडी, ल्यापटप र आइफोन फिर्ता आग्रह.. ...

प्रचण्डले गरेको पार्टी एकताको आह्वानमा बैद्यले दिए यस्तो जवाफ: हामीसँग होइन कांग्रेस, एमालेसँग गर्नुस्

काठमाडौं ८ साउन । एकसातासम्म चलेको माओवादी केन्द्रीय सचिवालयको बैठकले विगतमा पार्टीबाट अलग.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...