पासपोर्ट नविकरण गर्नुहुने क्यालिफोर्नियावासीहरुलाई सुचना

832 पटक पढिएको

गोकुल ढकाल
लस एन्जलस, क्यालिफोर्निया ।

गत महिना नेपाली राजादुतावास र महावाणिज्यदुत ॠषि ढकाल र लस एन्जलस एवम सान-फ्रान्सिस्को नगरका स्थानिय संघ-संस्थाहरुको संयुक्त सहयोगमा नेपाली राजदुतावास, वाशिङ्टन डि सी का द्दितिय सचिव चक्र सुवेदीको प्रत्यक्ष उपस्थितिमा नेपाली नागरिकहरुको पासपोर्ट नविकरण गर्न आयोजना गरिएको कार्यक्रममा दुबै नगर तर्फ उल्लेख्य सेवाग्राहीहरुको उपस्थिती रहेको सर्वबिदितै छ ।

पहिले लस एन्जलस र दोस्रो दिन सान्-फ्रान्सिस्कोमा आयोजित ‘पासपोर्ट नविकरण कार्यक्रम’ मा नविकरणका लागि आवेदन दिनुहुने सेवाग्राहीहरुको पासपोर्ट तयार भैसकेको जानकारी महावाणिज्यदुत ॠषि ढकालले दिनुभएको छ । ‘दुतावास पुगेका पासपोर्टका आबेदनहरुका पासपोर्ट तयार भएको दुतावासले जानकारी गराएको छ’ महावाणिज्यदुत ढकालले बताउनुभयो ।

तर दुतावासको ब्यस्तताले सम्पूर्ण आबेदकहरुलाई क्यालिफोर्नियामै आएर पासपोर्ट वितरण गर्न समयभाव भएकोले  र Returned Prepaid Envelope  (अमेरिकी हुलाकमा गएर आफ्नो आवेदन फिर्ता माग्न मिल्ने, पैसा तिरेपछी पाईने खाम) आवेदनको साथमा सामेल नभएकोले यसै सुचनालाई आधार मानेर क्यालिफोर्निया राज्यका दुबै शहरबाट आबेदन दिनुहुने सेवाग्राहीहरुले उक्त प्रकारको खाम यथाशाक्य नेपाली दुतावासको ठेगानामा पठाउनुहुन महावाणिज्यदुत ढकालले आग्रह गर्नुभएको छ ।

अत : आफुलाई पायक पर्ने अमेरिकी हुलाकमा गएर सेल्फ एड्रेस खाम खरिद गएर त्यसैलाई अमेरिकी हुलाक वा कुनै हुलाक सेवा मार्फत नेपाली दुतावास, वाशिङ्टन डि सीमा पठाई आफ्नो बनिसकेको पासपोर्ट लिनुहुन महावाणिज्यदुत ढकालले आग्रह गर्नुभएको छ ।

 

Prepaid Envelope Or Self Adress Envelope नेपाली दुतावास, डिसीको ठेगाना :

2131 Leroy Place, NW
Washington, DC 20008
Telephone: (202) 667 4550
Fax :  (202) 667 5534

आबश्यक सहयोगको लागि संपर्क :
ॠषि ढकाल
महावाणिज्यदुत
लस एन्जलस, अमेरिका ।
फोन : 626 320 2437

तपाईको प्रतिक्रिया

धुर्मुसले गरे अर्को उदाहरणीय काम, आगलागीमा परेकी महिलालाई बचाए

महोत्तरी, २ भदौ । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाएका नेपालका हास्य कलाकार.. ...

मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए

मोरङ, २ भदौ । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग.. ...

नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, २ भदौ । नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

August 2017
S M T W T F S
« Jul    
 12345
6789101112
13141516171819
20212223242526
2728293031