प्रतिबन्धित मुलुकहरुको सूचीबाट इराक हट्ने

111 पटक पढिएको

वासिङ्गटन, १८ फागुन । सातवटा मुस्लिम बाहुल्य मुलुकका नागरिकहरुलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करीब एक महिना अघि जारी गर्नु भएको कार्यकारी आदेशमा केही परिमार्जन गरी अर्को नयाँ आदेश आउन लागेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

यस नयाँ आदेशमा अमेरिका प्रवेश गर्नबाट निषेधित मुलुकहरुको सूचिबाट इराकलाई हटाइने भएको छ ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र विदेश मन्त्रालयले दबाब दिएका कारण ट्रम्प प्रशासन यस्तो नयाँ कार्यकारी आदेश जारी गर्ने मनस्थिति र निर्णयमा पुगेको चार जना अमेरिकी उच्च अधिकारीहरुले जनाएका छन् ।

आफ्नो नाम नबताउने शर्तमा यस बारे थोरै मात्र खुलासा गर्ने ती उच्च अधिकारीहरुले सो कार्यकारी आदेशमा राष्ट्रपतिको हस्ताक्षर भै नसकेकाले यसको विस्तृत जानकारी दिन नमिल्ने बताएका थिए ।

आतङ्ककारी इस्लामिक स्टेट्सका सशस्त्र लडाकू समूहबिरुद्ध लड्न इराक सरकारले मुख्य भूमिका निर्बाह गर्दै अमेरिकी सेनालाई निरन्तर सहयोग गरिरहेका हुँदा उक्त दुबै मन्त्रालयले ह्वाइट हाउसलाई आफ्नो पूर्व निर्णयमा पुनर्बिचार गर्न निरन्तर दबाबमूलक अनुरोध गरि रहेका थिए ।

नयाँ कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले बुधबार (नेपाली समय अनुसार बिहीबार बिहानसम्म) हस्ताक्षर गर्नु हुने अपेक्षा गरिएको छ । राष्ट्रपतिको हस्ताक्षर भै सकेपछि यस नयाँ आदेशले अमेरिकी संघीय अदालतमा मुद्दा चलेपछि रोकिन पुगेको पुरानो आदेशलाई प्रतिस्थापन गर्नेछ ।

अमेरिका प्रवेश गर्नबाट निषेधित सूचिका मुस्लिम बाहुल्य अन्य छ वटा मुलुकहरुः इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमनलाई भने पूर्व प्रतिबन्ध कायमै रहने छ । – एपी

तपाईको प्रतिक्रिया

बिक्रम घिमिरे : एनआरएन अमेरिका निर्वाचनमा बोर्ड अफ डाईरेक्टर पदका उम्मेद्वार

आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा गोर्खा जिल्ला घर भई हाल केन्टकी राज्यमा बसोवास गर्दै आएका.. ...

चर्चित पत्रकार नारायण श्रेष्ठ अमेरिकाको विश्वबिद्धालयद्दारा सम्मानित

बाल्टिमोर, अमेरिका । विगत केही वर्षदेखि अमेरिकामा बसोवास र अध्ययन गर्दै आएका पत्रकार नारायण.. ...

नेपाली राजदुतावासको घुम्ती सेवा क्यालिफोर्नियाका लस एन्जलस र सान्-फ्रान्सिस्कोमा

लस एन्जलस, क्यालिफोर्निया, २६ मे । नेपाली राजदुतावास, वासिङ्टन डिसी, अमेरिकाले.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

कास्कीमा कसले मार्ला  बाजी ?

प्रकाश ढकाल पोखरा, २२ बैशाख । सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने गरी मिति घोषणा गरेको.. ...

कस्को पोखरा, कस्तो पोखरा–विश्व सिग्देल

प्रश्तुती–प्रकाश ढकाल विश्व सिग्देल, समाजशास्त्री । समाजशास्त्र र राजनीति विज्ञानका.. ...