भब्य तीज कार्यक्रम : भोली लस एन्जलसमा

291 पटक पढिएको

लसएन्जल्स (अमेरिका)- नेपाल अमेरिका एकता समाजले हरेक वर्ष आयोजना गर्दै आएको हिन्दु महिलाहरूको महान् चाड  तीज पर्व यो  वर्ष पनि “हरितालिका तीज शुभकामना साँझ -२०७४” भव्य रूपमा आयोजना गर्न  गइरहेका छ । स्थानीय संघसंस्थाहरुको समन्वय तथा सहकार्यमा एकता समाजले आयोजना गर्न गई रहेको यो कार्यक्रम विशेष मनोरन्जनात्मक हुनेछ  ।
कार्यक्रममा  तीज विशेस स्थानीय नृत्यहरुका साथै विशेष सांस्कृतिक प्रस्तुतिका लागि  आम नेपाली संगीतप्रेमीहरुका  मन मुटु मा बस्न सफल चर्चित गायक गायिका   शिव परियार  र  निशा सुनुवारको विशेस सांगीतिक प्रस्तुति रहने जानकारी समाजका बोर्ड सदस्य नवीन पोखरेलले दिनु भयो  ।
नेपाल अमेरिका एकता समाजको आयोजनामा गत वर्षझैँ यो वर्ष पनि स्थानीय  सम्पूर्ण दाजु-भाईहरुलाई माइतीको भूमिका निर्वाह गर्दै परदेशको यो भूमिमा मातृभूमिको प्रचलन तथा  पर्व लाई आफ्ना चेलीबेटीहरुलाई सामूहिक निःशुल्क दर खुवाउने कार्यक्रममा संस्थाले सम्पूर्ण स्थानीय चेलीबेटीहरुलाई हार्दिक निमन्त्रणा गरिएको छ ।
स्थानीय शहर आर्टिसियाको तारा हिमालयन कुजिनमा अगस्ट १३ तारिख आइतबार बेलुकी ७ बजे बाट सुरु हुने सो कार्यक्रम सफल पार्न स्थानीय संघ संस्था, सञ्चार माध्यम, समुदाय सदस्यहरूको सबैको उत्तिकै  हातेमालो, सहकार्य र सहभागिता रहेको संस्थाका अध्यक्ष सूर्य प्रसाईले बताउनु भयो ।
अध्यक्ष  प्रसाईका अनुसार संस्थाको स्थापनाकाल देखि भव्यताका साथ मनाउदै आएको यो पर्वमा गत साल एकता समाजले झन्डै ४५० को हाराहारीमा स्थानीय चेलीबेटीहरुलाई निःशुल्क  दर खुवाएको थियो भने विवाहित हिन्दु नारीको प्रतीक  टिका र पोते समेत चेलीबेटीहरुलाई उपहार स्वरूप प्रदान गरिएको  थियो  र सम्पूर्णलाई यसै सूचना मार्फत उपस्थितिको निम्ति आह्वान समेत गरेका छन् ।
कार्यक्रम :
मिति : १३ अगस्ट २०१७ , आइतबार
समय : बेलुकी ७ बजे
स्थान : तारा हिमालयन कुजिन आर्टिसिया,  लस एञ्जलस

तपाईको प्रतिक्रिया

एनआरएन अध्यक्षमा भवन भट्ट निर्वाचित

  काठमाडौं ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।.. ...

राष्ट्रपतिद्वारा एकै साथ सात  विधेयक प्रमाणीकरण

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई.. ...

कांग्रेस र फोरमबीच पार्टी एकता, कांग्रेसमै फर्किए गच्छदार

  काठमाडौं, ३० असोज । कांग्रेस र फोरमबीच सोमबार पार्टी एकता भएको छ । आइतबार दिनभरिको.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

Today Exchange Rate