‘मदिरालय’ – कथा

368 पटक पढिएको

– लक्ष्मण सिटौला

बाईस तेईस बर्षकी एउटी खाइलाग्दी केटी मेरो अगाडि आएर ढक्क उभिन्छे ।

यो मदिरालय उसैको हो ।

बाईस किलोमीटर पिच गर्ने ठेक्का पारेपछि गाउँ घरका झिना मसिना गुंडा गुन्द्रुकेहरु मेरो पछि लाग्न थाले । ठेक्का परेपछि मैले यहि पार्टी दिएको थिए । त्यो दिन पार्टीको मात्रै तीन लाखको बिल भुक्तानी गरेको थिए मैले मन्दिरालाइ । त्यो दिन देखि मेचमा बस्नासाथ उ अगाडि आएर सोधिहाल्छे-

” के सेवा गरु साब ”

यो म्याग्दी चोकको “मन्दिरा मदिराय” । यस्लाइ म सभ्य भाषामा मधुशाला भन्छु । यहाँ दिउँसै चिसो बियर पिउन आउछन युवा युवती । आजकल युवाहरू भन्दा पनि बढी युवतीहरू पिउछन । बियर तान्दै चुरोटको धुवाँको सर्को गोलो पारेर फुस्स फुस्स आकाशतिर फुक्छन युवत्तीहरु । स्वस्थानी युगकी गोमा ब्राह्मणिले ७ बर्षमै बिहे गर्नु पर्ने बाध्यता छैन अब। आजकल केटीको भिडमा केटाहरु हुनु जरुरी छैन । मनोरंजन गर्ने शैली बदलिएको छ ।

मन्दिरा बिहान कलेज जान्छे । दिउसो र बेलुकी सम्म यहि मदिरालयमा बस्छे । सबैको आ आफ्नै ग्याङ हुन्छ । मन्दिराको आफ्नै ग्याङ छ । उ कलेज बाट सिधै यहि आउछे । अरु चारवटि महिलाहरु छन त्यहा । पुरुष कोहि छैनन । पाँच जनाको महिला नेतृत्वले यो “” मन्दिरा मदिरालय ” भब्यताका साथ चलाएको छ । मन्दीरा साहुनी हो । उन्का बाबूले भारतीय आर्मी बाट अवकाश पाए पछि पेन्सनमा आएको रकमले छोरीलाइ मदिरालय खोलिदिएका रेछन। यो सामान्य भट्टी होइन ।
यहाँ सामान्य मान्छे आउदैनन । यहाँ ठेकेदार पनि क बर्गका आउछन ।

हरेक मध्यान्हमा फिल्डमा काम गरेर थाकेको हुन्छु ।कताकता मन्दिरा मदिरालयको चिसो बियरको तलतल लाग्छ मलाई । नर्सिङ चोक देखि स्याउली बजारसम्म पिचको ग्र्याभ्लिङ सकेको भोलिपल्ट चालीस लाख रकम निकासा गर्न पहिल्यै दुई लाख घुस ख्वाउनु पर्यो ।पैसा निकासा भाको भोलिपल्ट देखि राजनीतिक पार्टीका नेताकार्यकर्तालाई खाममा राखेर पैसाको प्रसाद दिदै हैरान ।माथी देखि तलसम्म घुस नख्वाइ कुनै काम हुदैन । आउने चुनावमा समानुपातिकमा परेका छन भुपु उपप्रधानमन्त्री । चुनावमा उठे भने हार्छनरे अनि समानुपातिक बाट उठे । यिन्ले म सग पैसा मागे ।

मैले ” कताबाट दिनु हजुर सडक बनाउन निकास भाको रकम यसरी बाड्नु थाले भने कसरी सडक पिच गर्नुर ” ! भने ।
अलकत्राको मात्रा घटाउनु । शय द्रम कम राख्नु त्यस्को रकम मलाई दिनु उन्ले भने ।

देशको उपप्रधानमन्त्री भएको मान्छेत यति भ्रष्टाचारी छ भने म जाबो के हुर !

मैले पनि दिए शय डरम बराबरको पैसा ।

तिन्ले शय डरम बराबरको अलकत्राको पैसा लिएर स्कर्पियो गाडी किने।बाकी पैसा पनि मलाई नै तिर्ने जिम्मेवारी दिए । नेता भन्दा ठेकेदार इमान्दार बन्नु जरुरत छ यो देशमा । उन्ले भने जस्तो शय डरम अलकत्रा कम राखेर पिच गरे भने भोलिपल्टै पिच उप्किन्छ अनि गालित ती नेताकार्यकर्ताले होइन मैले खान्छु ।

यो कुरा सोच्दै चिसो बियर तान्दै थिए। मन्दीरा आइपुगी

” साब कस्तो लाग्योत मृगको सुकुटि आजत मेरै हातले बनाको”
” गज्जब मीठो बनाइछौ मन्दिरा ”
” हिजो अस्ति जस्तो हसीलो देखिनुहुन्ननी किन केही गडबडी ?
” ठिकै छु ” मैले भने ।
” बाहिर ठिक भएर केही हुन्न भित्र चै ठिक हुनुपर्छ साब?”
” पुरुषहरु भित्र जे छ बाहिर त्यही देखाउछन ”
” महिला !! भित्र महिला बाहिर सुकिला “? त्यही भन्न
खोज्नुभाको हो र साब “?

मन्दिराका कुरा सुनेर म हासे एक्छिन । केहि बेर सोचे। के भनेकी होली मन्दिराले भन्दै । भित्र महिला बाहिर सुकिला। महिलाको दुई शब्दमा उस्ले परिभाषा गरि । सबै यस्तै कहाँ हुन्छनर ! फेरि उ आफै पनित महिला हो नि ।

भोलिपल्ट बिहानै ठेक्काको प्रसाद भनेर खाममा हालेर सिडियो , डिएस पि, सहायक सिडियो, कर्णेल, जिल्ला न्यायाधीश , स्थानीय बिकास अधिकारी र करका प्रमुखलाइ खाम थमाउदै हिडे । पैसा कमाउनुलाइ पैसा खर्च गर्नुपर्छ त्यो मलाई थाहा छ । ठेक्का पार्नु देखि काम गरेको रकम निकासी गर्न समेत घुस ख्वाउनु परेसी अनि ठेकेदारले काम कसरी राम्रो गरोस। मलाई चित्त नबुझेको कुरो चै केहो भने हामीले चै ठेक्काको नाउँमा ज्यामी झै श्रमको ज्यावल समाउन पर्ने तर ठुलो बडाहरु चै सधैं ठेक्काको नाउँमा बिना श्रम हामीलाई सोसिरहने?यो देशमा बिना श्रम धनी हुने मान्छेलाइ पापी भन्छु म । यस्तै हुदोरहेछ र पो दश किलोमीटर पिच गर्न दस बर्ष लाग्ने । बेकारमा जनतालाई सास्ती कति धुलो मैलो फोहोर निल्दै हिडुन तिन्ले।

” यस्ता कुरात सरकारले बुझ्नु नि है” भनेर मन्दिरा भित्र आलु फ्राइ लिन गै । म चुपचापले चिसो बियर पिइरहेछु।

” रेस्टुरेन्ट जग्गा दलालका पैसा र ठेकेदारको कमाइले चलेका छन। जग्गा किनबेच घटयो भने रेस्टुरेन्टहरु सुक्खा देखेको छु मैले हैनत मन्दिरा” !

आलुको कवाफ चपाउदै म फेरि मन्दिरा लाई दुख शेयर गर्न थाले । बोल्दा हिन्दी भाषाको टाेन प्रष्ट आउथ्यो मन्दिराको बोलिमा । तर मीठो सुनिन्छ उस्ले नेपाली बोल्दा । मोटो देखेपछि फोहोरमा घस्रेर हिड्ने चिप्ले किरा पनि राम्रो देखिन्छन । बैँसले भरिएकी तरुनी फूल हो मन्दिरा । बियरले मात्तियका अल्दारे केटाहरुले जथाभावी बोले भने उ सात्ताले खान्थी । केटाहरु चुपचाप लाग्थे । बियर सगै मन्दिराको अनुहारको सुन्दरता पिउथे आउने ग्राहकहरु । आजकल बियर पिउनु फेशेनेबल बन्नु हो रे ।

बियर र चुरोट पिउनु सामान्य लाग्छ कलेजका केटीहरुलाइ ।

म यत्रो मिहनत गर्छु । दुई बोतल बियर पिउन सोच्नुपर्ने हुन्छ। यिन्का कमाइ धमाइ पनि छैन कसरी खर्च गर्छन होला भनेर गमिन्थे । एक बोतल मागे भने दुई बोतल ल्याउछे मन्दिरा। अनि तिमी पनि पिउन भन्यो भने अहिले काममा ब्यस्त छु भन्छे र भागिहाल्छे । मैले तीन बोतल पिए पछि बल्ल म सग पिउन आउछे उ ।म चुपचापले उस्ले बियर पिएको हेरिरहन्छु ।दुई बोतल बियर उ बीस मिनेटमै रित्याइदिन्छे । उसलाई अलिकति बियर लागेपछि म उस्का अन्तरङ कुराहरू खोतल्ने प्रयास गर्छु। काम गर्ने अरु केटीहरु मन्दिरा सग धेरै डर मान्थे। पिउदै गएसी उस्ले बोल्ने उस्का आफ्ना निजि कुराहरू सुनेर म आनन्द लिन थाल्थे । म सग ब्यागमा श्रमिकलाइ बाड्ने झोलाभरी पैसा हुन्थ्यो । रेस्टुरेन्ट छिरेपछि पैसाको मोटो ब्याग म उसैलाई काउन्टरमा राख्न दिन्छु । रेस्टुरेन्टमा आउने अरु ग्राहक सग बसेर बियर पियको मैले आजसम्म देखेको छैन मन्दिरालाइ । यो मानेमा म अलि खुशी नै छु ।

म नभएको बेलामा पिउछेकी के थाहा !

कहिलेकाही यो प्रश्नले मलाई मनमा घोचिरहन्थ्यो। आजसम्म मैले उसलाई सोधपुछ गरेको पनि छैन यो बारेमा । म जस्तै अरु पनि ग्राहक छन । उस्को मदिरालयमा आउने हरेक ग्राहकले आशा राख्ने त्यही कुरा हो कि ” मन्दिरा म सग बसेर बियर पिवोस “।

” मन्दिरमा गएपछि देउता सग बसेर सेल्फी खिच्न पाइन्छ भने मदिरालयमा आउँदा साहुनी सग बसेर किन पिउन नपाउने ह ?”
एकजना अधबैंसे केटामान्छेलाई रक्सी लागेछ। चिच्याउनु थाल्यो । बक बक गर्दैथ्यो । मन्दिराले च्याप समातेर बाहिर निकाल्दिइ। उ पनि भाग्यो । ” बिल नतिरी गयोत” मैले भने । ” छोडनुस त्यो हुतिहारा भोलि फेरि आइहाल्छ नि ”

रक्सी पिउनेहरु के सबै हुतिहारा हुनर?

रक्सीत मन्दिरा पनि पिउछे इन्दिरा पनि पिउछे। मनमा असख्य प्रस्नहरु उठे । यो कुरा मैले मन्दिरालाइ शेयर गरिन ।आखिर किन गर्नुर । गरेर पो के फाइदा । चुचुरो आफ्नै । पखेटा आफ्नै। गन्तव्य आफ्नै। कर्म आफ्नै । भाग्य आफ्नै ।आखिर नपिउने पो को छर यो दुनियाँमा ।भागवत भन्दै हिड्ने पाण्डे पुरोहितले सिम्साझै खोल्चामा छादेको देखेको छु मैले । कस्ले के गर्यो भनेर चियो चर्चा गर्ने बानी छोडेर एक कदम अगाडि बढनु पर्छ ।

“त्यति राम्री बैशले भरियकी साहुनी सग बसेर बियर तन्काउनु कम्ती मजा आउदैन ! तर मान्दिन मोरी “!

एकजना भुपु साम्सदले दुखेसो पोख्दै थिए मसग । तिन्को दुखमा म भित्र भित्रै खुशी मनाइरहेको थिए । “आहा ! मन्दिरा त मसग मात्रै पो बसेरपो बियर पिउदी रहेछे ” यो सबै लाहुरेहरुको बस्ती हो ।यहाँ नेपाली सस्कृती भन्दा बिदेशी रहनसहनको बोलवाला चल्छ। यहाँ पैसाको दुख छैन। यहाँ गरिबी पनि छैन।यो जिल्लामा जो कर्मचारी केन्द्र बाट खटिएर आउछन उनीहरू राम्रै कमाइ लिएर जान्छन । यहाँ जातभात र छुवाछूतको ब्यवहार पनि छैन। यहाँ महिला पुरुष जस्ता छन र पुरुष महिला जस्ता छन । यहाँ स्त्रीको आदेश चल्छ । यहाँ स्त्रीले दिउसै बियर पिउदा पनि पुरुषले किन पियकी भन्न सक्तैन । यो स्वतन्त्रताको राजधानी हो । यहाँ पुरुषलाई बिहे गरेर ल्याउछिन स्त्रीले । यहाँ स्त्रीले बाहिरको काम गर्छन । पुरुष महिलाको आदेशमा लाहुरेमा भर्ती हुन्छन ।

यहाँ स्त्रीलाइ गाली गलौज गर्न पाइन्न । माया गर्न पाइन्छ । सम्मान गर्न पाइन्छ । यहाँ स्त्रीको आदेश चल्छ । पुरुषले चाहेर कुनै युवतीलाई प्रेम प्रस्ताव राख्न पाँउदैन तर स्त्रीले चाहिन भने सिधै ओछ्यानमा । यहाँ पुरुषहरू अपहरणमा पर्छन कहिलेकाही तर सकुशल फिर्ता हुन्छन । यहाँ छोरी जन्मिदा खुशी मनाइन्छ ।

मन्दिरा तिनै परिवारकि एक सदस्य हुन जुन घरमा नारीको हैकम चल्छ । यो मदिरालय उस्को निजि हो ।उस्का बाबुआमा यतिबेला युकेमा छन । ईन्डियन आर्मी बाट अवकाश प्राप्त पछि युके सेकुरीटि अफिसरको जागिर पाएर उतै बसेका । मन्दीरा सन्तानको नाउँमा एक्ली छोरी हो । उ स्वतन्त्र छे।

सडकको काम लगभग सकिन लाग्यो। मैले सोचेभन्दा छिटो समयमा काम भयो । सडकको दायाँबायाँ पेटी बाध्ने र कुलेसो ढलान गर्ने काम मात्रै बाकी थियो । करिब चार महिना भयो म मन्दिराको मदिरालयमा आउने जाने गर्न थालेको । पाँच , छ जना नारीले चलाएको यो मदिरालयमा कहिले पनि झैझगडा देखिन मैले । मानिसहरू आउथे चाहेको कुरा खान्थे जान्थे।

मन्दिरा र म प्रायः सगै बियर पिउथ्यौ तर कहिले पनि गहिराईमा पुगेर कुराहरू भएनन। एक्दिन मैले सोचे।अरु दुई बोतल बियर बढी पिइ भने मन्दिराले आफू भित्रको सबै कुराहरू मलाई बताउछे । मेरो प्लान अनुसारको काम भयो। मैले भने –

” मन्दिरा आज मेरो ठेक्काको काम सप्पन्न भएको छ । जिल्ला प्रशासन कार्यलले निर्माण सम्म्पन्नको कागज दिएको छ । म खुशी छु । आज हामी दुवै!बियर पियर मात्तिनै है !!” यति लामो संगत । मन्दिराले पनि नाइ भन्न सकिन । दिउसो उ कलेज बाट आइ । सबलाइ अर्हाउनु पर्ने कामहरू अराइ । हामी दुई बियर पिउन बस्यौं । मध्यान्हको तीन बजेको हुदोहो । बियर पिउदै गयौ । दुई बोतल बियर पिएपछी मन्दिरालाइ अलिक लाग्दै गयो । तेस्रो बोतलको बिर्को खोल्दै उस्ले भनी –

” तिम्लाइ स्वास्नीको याद आउदैन “?
” बिहेनै नगरीकन कसरी स्वास्नीको याद आउनु”
” ए साच्चै तिम्लेत बिहे नै पो गरेका छैनौ है “!
” छैन , हतारले बिहे गरेर फुर्सदमा पछुताउछन पुरुष । त्यसैले
बिहे गर्न पनि डर लाग्छ मलाई मन्दिरा ”
” हाहाहाहाहा …….
मन्दिरा बेजोडले हासी । किन हासी । दुख दबाएर हासी कि खुशीले हासी । उ मीठो मादमा थिइ । उ बेफिक्री थिइ। उ निसन्कोच थिइ । उस्को मुहारमा कुनै लज्जा थिएन । उ भित्र कुनै पाप देखिन मैले । मनभित्र अँध्यारो नहुनेहरु पल पल बिस्मृतिमा जान्छन र हास्छन जुनेली हासो । जुनकीरी जस्तै स्वतन्त्र पखेटा लिएर जन्मिन्छन नारी र उड्न खोज्छन । तर पुरुष नारीको पखेटा काटिदिन्छन । माथी आकाश छुने चङ्गाको धागो बिचमै चुडालिदिन्छ पुरुष । चङ्गा बिच आकाश बाट नै झर्छ धरामा । जति स्वतन्त्रता एउटा पुरुषलाई छ उतिनै स्वतन्त्रता किन भएन नारीलाइ … मेरो कुरा सुनिरहेकी मन्दिरा एक्कासि उठेर भान्सामा गै र भेज पकौडा ल्याइ ।

मन्दिराको खुट्टा अलिक लरखराएको देखे मैले । हिन्दी भाषाको लवजमा उस्ले बोलेको नेपाली सुन्दा मीठो लाग्थ्यो । दिल्ली महिपालपुरको रङ्गपुरी रोडमा उस्को बाल्यकाल बितेको रहेछ ।

” तिमी बिहे कहिले गर्छ्यौ मन्दिरा “?
” खोइ किन पो हो मलाई केटा मान्छे प्रती घृणा लाग्छ ”
” म सग बिहे गर्छ्यौत “? पाल्न सकिहाल्छु क्यारे “?
” हाम्रो यहाँत केटीले सोध्छन म सग बिहे गर्छौ भनेर ”
” जस्ले सोधे पनि आखिर कुरोत एकै हो बिहे गर्ने”?
” घर ज्वाइँ बस्नुपर्छ मान्छौ ?
” यो त पुरुषको स्वतन्त्रता हरण भयो नि फेरि “?
” पुरुषले बिहे गरि लैजादा पनित महिलाको स्वतन्त्रता हरण
भयो नि फेरि होइनर ?
” तिमीलाई सबैभन्दा प्यारो चिज के हो मन्दिरा ” ?
” म र म सगै बाचिरहेको मेरो अहम / मेरो स्वतन्त्रता ”

रात परेपछि हामी छुट्टीयौ । म कोठामा फर्किए। बियरको नसा उत्रिएको थिएन । ओछ्यान चिसो थियो । भोलि कतै जानू थिएन। निर्धक्क सुत्ने बिचार गरे । तर खोइ किन हो निन्द्रा चै लागेन। मन्दिराको अनुहार आँखा भरी आइरयो। यतिका समय देखि सगै बियर पिउने साथी उ । म ठेकेदार उ रेस्टुरेन्टको मालिक्नी । कहिलेकाही पैसा नहुदा उ मलाई फ्रीमा बियर र खाजा ख्वाउथी तर पछि पैसा दिदा लिन्नथी ।

बैँस र जवानीका कुरा यौन अनि उत्ताउलो कुरा कहिले गरेनौ हामीले । सगै बसी बियर पिउनु भनेको सेक्स गर्न अनुमती दिएको पनित होइननि।

अक्सर हामी पुरुष केटी मान्छे सग बियर खाएपछि ” ल यो केटी म सग फसि ” भन्ने सपना देख्न थाल्छौ । मन्दिरा साच्चै कति स्वतन्त्र छे है ।उ आफ्नो ढंगले बाचेकी छे। उ पुरुषको आखामा आँखा जुधाएर कुरा गर्छे । कसैले नराम्रो नजरले हेर्यो भने थप्पड हान्छे। तथापि उस्को यो रेस्टुरेन्ट अर्थात ” मन्दिरा मदिरालय ” गज्जबले चलेको छ । खोइ कसरी पो चलेको छ म तीन छक पो पर्छु कहिलेकाहीत मलाई मन्दिराले भ्रममा पो राखेकी छे कि भन्ने ।

भट्टीमा यौवन मात्रै बिक्छ रक्सी होइन भन्ने कुरा कसरी पत्याउने अब । त्याहा काम गर्ने सबै महिला छन । मैले एकदिन मन्दिरालाइ सोधेको थिए ” तिम्रो मदिरालयमा सबै महिला कर्मचारी मात्रै किन ” जवाफ कडा थियो उस्को –

” पुरुष कर्मचारी भएको रेस्टुरेन्टमा पुरुषहरु खानै आउदैननि ”

हुन पनि हो । के छ त्यस्तो । महिला र पुरुष बिच नजिक हुने केमिस्ट्री ? मन्दिराले मलाई मन पराइकी पराइन त्यो दैव जानुन। तर मैले मन्दिरालाइ मन पाराएछु । आज उस्लाइ सम्झिदा पनि जिउ तातो भएर आयो । निन्द्रा लागेन । बिएर पिउदा उस्ले भित्री कुरा खोल्छेकी भनेर आशा गरेको किन भन्थी । चलाक पो छे। उ होसमा छे । ठेक्का गर्नी क्रममा मैले कति रक्सी खाने तास खेल्ने स्त्री भेटेको छु । ती कति गति छाडा उत्ताउला फोहोर बोल्छन।सुन्ने पुरुषलाइ पो लाज । तर मन्दिरा अर्कै पाराकि छे ।

जिल्ला स्तिथ सडक डिभिजन कार्यलयका बरिस्ठ इन्जिनियर र स्थानीय बिकास अधिकारीको रोहवरमा सडक निर्माणको काम सप्पन्न भएको सम्झौता पत्रमा हस्ताक्षर भएको भोलिपल्ट म काठमाडौं आए ।

मन्दिरा कलेज बाट आएकी पनि रैनछ । उधारो केहि बाकी थिएन । मैले उस्लाइ भेटेर आउनुपर्ने कुनै कारण पनि थिएन । म आए । म आउँदा त्यहाको हरीयाली , त्याहाको चिसो बतास ,त्याहाको पहाडि आनन्द र त्याहाका मानिसले उपभोग गर्ने स्वतन्त्रता आखाभरी सारेर ल्याए। जति महिना म त्याहा बसे। मैले आफ्नो पुरुष अस्मिता डगमगाइन । अस्मिता के स्त्रीको मात्रै हुन्छर ! हामी पुरुष चै गन्हाउने बोका मात्रै हौर?

म पुरुष त्यो माथी पनि ठेकेदार, सबै पुरुष खराब मात्रै आउछन भन्ने स्थानीयले गुनासो गर्थे म सग । म चोखो फर्किए । मैले कसैलाई दुख दिइन। कसैको श्रम!पनि शोषण गरिन। कसैको चित्त पनि दुखाइन । जम्मा जम्मी नौ महिना बसे म त्यो पहाडी सहरमा । म जादा रित्तो थिए । र फर्किदा पनि रित्तै फर्किए। एउटा ठेकेदारले लुटेर लान्छ भन्ने जनताको भ्रमलाइ मैले चोख्याउनु पनि थियो । परिस्थिति पनि त्यस्तै पर्यो। राजनैतिक पार्टीका कार्यक्रम परिरहन्थ्यो । चन्दा दिदा दिदा हालत खराब भैसकेको थियो । अलिकति कमाएको पैसा बियर पिएर सके। मलाई घाटा पनि छैन । नाफा पनि छैन। मन्दिराले बियर पिउन साथ दिई बस यति मात्रै हो । कोहि साथी पनि कमाइन र कोहि शत्रु पनि कमाइन । जस्तो गाको त्यस्तै फर्किए । मलाई न नाफा न नोक्सान ।

दस बर्ष पछि म पुन त्यहा गए । एउटा खानेपानी योजनाको ठेक्का परेको थियो मलाई । त्यही बाटो भएर गए जाहा मन्दिराको मदिरालय थियो । पसे । बियर पिउने लत छुटिसकेको थियो ।
साइनबोर्ड त्यही थियो । वातावरण उस्तै थियो । मात्रै फरक थियो मन्दिराको मुहारको चमक । त्यो फुर्ती, त्यो यौवन, त्यो लाली, त्यो ताकत, ती हाउभाउ, त्यो चंचलता केही बाकी थिएन उसमा। थियो त केवल एउटा उराठ ओठ जस्लाइ कतिले जुठो हाले होलान् अनुमान लगाउन सकिन्थ्यो । रेस्टुरेन्टमा थुप्रै बच्चाहरु थिए।
एउटा सानो केटो मन्दिराको मुहार सग मिल्दोजुल्दो देखे। यता आउ भने । बालक नजिक आयो । नाम सोधे । उस्को नाम मनिष रहेछ । मन्दिरा बियर लिएर आइ। मैले पिउन छोडेको दश बर्ष भो भने ।

” बिहे गर्यौ मन्दिरा ?”
” छैन ”
” अनि यो बाबू कस्को ?”
” मेरो ”
” कसरी ? ”
” स्वतन्त्रताको उपयोग ”
– मलाई घृणा लाग्यो उस्को स्वतन्त्रता प्रति । स्वतन्त्रता भनेको स्व्च्छन्दतात थिएन कतै? मलाई अब चै सन्खा लाग्यो। तर खोइ के सोचेकी छ मन्दिराले जिन्दगीलाई। त्यसपछि म त्यो “मदिरालय” मा कहिले पनि फर्केर गइन ।

तपाईको प्रतिक्रिया

समानुपातिकमा माओवादी केन्द्र अगाडि

रोल्पा, २६ मंसिर । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) पहिलो भएको छ.. ...

काँग्रेस पराजित हुनुको कारण यस्तो छ

काठमाडौँ, २६ मंसिर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा.. ...

भूकम्पपीडितका नाममा १,३९५ ट्याक्सी दर्ता

काठमाडौँ, २६ मंसिर । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate