म डा. पौडेलको कि ई. जोशीको ? गत हप्ताको बिश्व सन्देश साप्ताहिकम प्रकाशित

70 पटक पढिएको

गोकुल ढकाल 
लस एन्जलस, अमेरिका । 
सपना बोकेर उच्च शिक्षा हासिल गर्ने भनेर टन्टलापुर घाममा घैंया गोड्दा गोड्दैको कुटो फ्यांकेर ‘हामी पनि हुंईकिंयौं बाबै, साझा बसैमा’ भन्दै राजधानी काठमान्डौं हिडिंयो । सानो कदको आफु, कहिल्यै लामो यात्राा नगरेको । चलेको बस पनि एकै ठाउंमा हल्लिरहेको जस्तो । मलेखुको बासी भात चाख्दै, बसबाट छाद्दै बीर अस्पातल झरियो । दुई चार दिन घुम्दै, समाखुशी र गोगंबुतिर हराउंदै, कोठो पत्ता लगाउंदै रुमल्लीइयो, नेपाल शहरमा ।
दाजुहरुको सहयोगमा भाग्यबश ठमेलमा कुचो लागाउने जागीर खाने भाग्यमानीमा परें, म । सधैंं ब्यस्त, सफा र अंग्रेजी गीत खन्कने ठमेल नजिकको क्याम्पस खोजियो । कोठो नजिकै, दिउंसो काम पनि गर्न पाईने, बेलुकी दश रुपैंयामा म:म:ले तुम्बो भरेर पढ्न पाईने । गुणस्तरमा खासै चर्चा नकमाएको तर राजनीति, ढुंगा मुढा र आन्दोलनमा ठमेलका सिसा जडित दोकानहरु बन्द गराउन ब्ल्याक आउटका लागि चर्चित सरस्वती क्याम्पस प्यारो ठहरियो ।
१३ बर्षको उमेरमा नेपाल बिद्धार्थी संघका संगठन प्रमुख, सबैका प्यारा, ईमान्दार गोरखाली नेता आदरणीय स्व श्यामसुन्दर श्रेष्ठ दुई चार जना बोकेर रत्नराज्य निमाबि (अहिले उच्च मा बि : आफु पढेको बिद्धालय ) आए । चारतारा र नेबीसंघको झन्डा देख्दैमा खुब राम्रो लाग्ने, आफुलाई । घरका भित्ताहरुमा हरियो रंगका कांग्रेसका पम्प्लेटहरु खुब टांस्थें, म । दाजुहरु हाम्रो हेडमास्टरलाई भेट्न आउनुभएको रहेछ । सानैमा नाम सुनेको तर नदेखेको । वाकपटुता र चन्चललतामा निकै अगाडी नेपाल पत्रकार महासंघ, गोरखाका दोस्रोपटकका बर्तमान सभापती एवम रेडियो गोरखाका स्टेशन प्रमुख किशोरजंग थापाले नेबि संघ, स्कुल कमिटी बनाउने सल्लाह गरे । पढ्दै गरेको क्लास पिसाब फेर्ने वाहनामा स्कुल परको घाटु नाच्ने चौतारीमा भेट्ने भन्दै समान उमेरका मेरा मित्र किशोर श्यामसुन्दर दाईलाई बोलाउन गए । संगठन, उर्जाशिलता र उत्प्रेरणाका पर्याय स्व श्यामसुन्दर दाजुको उपस्थितिमा किशोर सभापती, सहपाठी मित्र यदुकुमारी बगाले उपसभापती र म सचिव सम्मिलित तीन सदस्यीय नेबि संघ, स्कुल ईकाई बनायौं, हामीले । आफुलाई चाहीं किन हो, सचिव पद सार्है मन पर्ने ! स्कुलको स्काउटमा पनि सचिव, रेडक्रसमा पनि सचिव, नवनिर्मित संगठनमा पनि सचिव, आउने र पाउने भए जे मा पनि सचिव ।
त्यसो त  म: म: को वासना, ठमेलको रमझम, स्कुलको राजनीति जोशले सरस्वती क्याम्पसमा सदस्य हुंदै छिट्टै सचिव भईयो, क्याम्पस ईकाईको । २०५३-५४ सालतिर सरस्वती क्याम्पसमा नेबि संघ समर्थक भन्दा काटिने डर हुन्थ्यो । काट्ने दुईटा पक्ष थिए, आँफै बुजुम । ईकाइको सचिव हुंदा सांसद भए झैं लाग्यो । रात्रीकालिन कलेज कमिटीको सभापतीको पनि जिम्मेवारी । दिनहरु त्यसरी नै बिते ।
राजनैतीक रुपमा मलाई सदैव बाटो देखाउने आदरणीय दाजु हेमराज भट्टको आग्रहमा तत्कालिक चिकित्सा संस्थान – शिक्षण अस्पातलका स्ववियू सभापती तथा नेबि संघका केन्द्रिय सदस्य डा. केशब पौडेललाई भेट्न महाराजगन्ज पुग्यौं, हामी । ईतिहासमा पहिलोचोटी हाम्रै कालमा नेबि संघले जितेको जोश र भर्खरै शिक्षण अस्पताल, चिकित्सा संस्थानका निर्वाचित सभापती भेट्ने अवसर । सम्भवत त्यती बेलै केशबका अगाडी डा. लेखेर कांधमा भुंडी नाप्ने तार भिरेका युवा पौडेलसंगको भेट लेख्यो भने ‘फेरी डा. पौडेलसंग एक हजार खुस्काएछ’ भन्छन । जे भने पनि एक्काईस बाईस बर्षदेखीको निरन्तर डा. पौडेलसंगको चिनजान र संसर्ग मेरा लागी ‘चाकडी’ कहिल्यै हुंदैन ।
 परिस्थितीबश डा. पौडेल र म बबुरोको कर्मभुमी समान । त्यो चिनजान र दुबैको सकृयताले अरु टाढा नभएजस्तै म पनि टाढा भईन । गत निर्वाचन सम्म उहांको सहयोगी भएर काम गरेको गर्वका साथ भन्दछु । कसैका टाउका दुख्लान, म प्रफुल्ल छु ।
लस एन्जलसका सकृय चर्चित युवा विश्व सुवेदी र समुहले यसै क्षेत्रमा आयोजना गरेको प्रथम नेपलीज अमेरिकन कन्भेशनमा एकजना ब्यक्ती भेट्न म ब्यग्र थिएं । सधैं नाम सुनेको, सफल ब्यापारी रे । कसैलाई सोध्दा ‘खुल्लामन्च डट कममा भास्टीकाको बिज्ञापन माग्न नम्बर माग्या’ भन्थे । साथीसंग मागेको नम्बरले चिना-परिचयका लागि मैले गरेको प्रथमपटकमै उनको फोन उठेको थियो । परिचय गरियो, बास । टेक्सास निवासी चर्चित युवा नेता तथा नेपाली जनसंपर्क समितिका केन्द्रिय सदस्य हरिबोल भन्डारीमार्फत ती सफल ब्यक्ति ईन्जिनियर गौरीराज जोशीलाई भेट्ने अवसर मिल्यो । हात मिलाईयो, हल्का बात मारियो ।, त्यत्ती त हुने हो । भास्टीकाको बिज्ञापनका लागी फुर्काएको होईन, भद्र लागे जोशी । शालीन, हसमुखा लागे, जोशी । नम्र । एनएसटी सभापती आदरणीय कृष्ण लामिछानेज्यूको चर्चित थेगो ‘कूल’ लागे, जोशी ।
एनआरएनको साधारण सभामा डालसमा नगिचियो, महान जोशी – बबुरो ढकाल समबन्ध । टेक्सासका समाजसेवी एवम नेपाली जनसंपर्क समिती, अमेरिकाका सल्लाहकार आदरणीय दाजु भुवन आचार्यसंगको चिनजानले अझै नजिक भयो, यो कूल, ती कूलसंग । जनसंपर्क समितिको प्रथम साधारण सभा, भर्जिनियामा भेट भयो, जोशीसंग । प्रवास हो, सबैसंग तारमा, संजालमा, भेटमा बात हुन्छ । सामान्य, केवल सामान्य । जहाँ जहाँ  ई. जोशीसंग भेट हुन्थ्यो, त्यहां सौभाग्यले डा. पौडेलसंग नभेटिने कुरै भएन, जो सप्ताहन्तमा न्यूमेक्सिको छोडेर अन्तै कुद्न चर्चित छन ।
एनआरएन अमेरिकाको चुनावी हल्ला आयो । डा. पौडेल र ई जोशीजस्तै सबै ठाउंमा म पुग्न मेरो घन्टे दैनिकी र बाध्यताले थोडी सम्भव छ ? बल्ल बल्ल कतै उड्दा त ‘उ गौरी जोशीलाई टिकटमा पनि फसाउन भ्याएछ’ भन्छन । त्यसैले हामीले पौडेल, जोशी, दुईटा पोखरेल र थापाहरुलाई भेट्ने म आफु घण्टा हान्ने आधार ईलाकामा उनीहरु आएमात्र हो । त्यो पनि भारतीय मालिक साहुले बिदा दिए भने । नत्र लुकी लुकी कसैका लाईभ हेर्यो, चित्त बुझायो । भ्याईयो भने गयो । प्रवेश पास नचाहिंने । जोशी आएभने र मेरो फोनमा ब्याट्री छ भने ‘पत्रकार पल्टीन’ लाइभ हान्दिन्छु । मन लागे पत्रकार बनिटोपलेर केही प्रश्न सोधिदिन्छु ।
अस्ती डा. पौडेल आए । ‘मेरा अर्जेन्ट काम है,सर भनेको भईया मालिकले चार घण्टाको बिदा दिए । पन्ध्र मिनेटको लाईभ हानियो । एकाध समाजसेवीहरुले आरोप लगाउने जस्तो ‘मासु भात’ बजाईयो, आईयो । भोली रबिना थापा आउने र बिदा मिले गईन्छ । मोबाईल पहिले नै चार्ज गरिन्छ, कसैले हेरुन नहेरुन, लाइभ ठोकिन्छ, मासु भात बजाईन्छ । धन्न साउने सोमबार परेन, नपरोस । नत्र मासु लिनेगरेको छैन, ब्रत रे, ब्रतले । केही दिनमा पोखरेलजीहरु आउने अरें, हाम्रो आधार ईलाका । त्यसमा पनि जसो जसो जान्याछ, त्यस्तै गरिन्छ ।
भोट भन्या के हो ? 
आफुलाई मन परेको ब्यक्तिलाई नितान्त गोप्य रुपमा गरिने ‘मनदान’ लाई मतदान वा भोट भनिन्छ । पञ्चायतकालमा काला कोट र पहाडमा लगाउने जस्तो भोटमा बिकेर गरिने मनदानलाई मतदान भनिंदैन । दुर्गाम भेगमा जनता झुक्काउन रांगा काटेर भोट् माग्ने जमाना छैन । सबैका बिबेकले फुर्सदमा सोचेर मनले गरिने दान हो, मतदान ।
म: म:, राजनिती, चिनजान, सहयोग र बिज्ञापनका कुराहरुले भुमिका लामो बनाएं, मैले । तर, मैले सान्दर्भिक ठांने । मेरा नितान्त ब्यक्तिगत बिचार  रांखे । यही शिलशिला एनआरएन, अमेरिकाको चुनावको जोडघटाऊमा छ । चुनावमा को राम्रो बोल्छ, को धनी, कसले पढेको र कोबाट झर्ला भन्दा असल काम गर्न सक्ने उम्मेद्वारको सदैब जीत हुन्छ, प्रजातान्त्रिक पाराबाट गरिए । वाकपटुता, खुराफात र “टाउके” ठेकेदार तोक्ने भन्दा जसका समर्थनमा जनताका बढी टाउका छन, उसैले चुनाव जित्छ ।
डा. पौडेलले नेपालका घाउ निको पार्न मल्हम बोकेर उडेको पनि बिर्सनु हुन्न । जोशीले समुदायका हरेक जग्गामा गरेको सहयोग पनि बिर्सनु हुंदैन । पोखरेलहरुको निरन्तरता र योजनाहरुलाई पनि ईज्जत गर्न सक्नुपर्छ । थापाको अडानको पनि उचित सम्बोधन गर्न सक्नुपर्छ । यी सबै उम्मेद्वारहरुको नापतौल गर्न तपाईं हामीले गर्ने ‘गोप्य मनदान’ लाई भोट भनिन्छ ।
मेरो भोट् कसलाई ?
जसलाई यो मनले सहि ठान्छ, त्यसलाई मेरो भोट । डा। केशब पौडेलसंगको लामो चिनजान पनि हुनसक्छ, मेरो भोट । ई. गौरीराज जोशीसंगको सम्बन्ध पनि हुनसक्छ, मेरो भोट । रबिना थापासंगको भाउजुको नाता पनि हुनसक्छ, मेरो भोट । कृष्ण पोखरेलसंग ठमेलदेखिको उठबस पनि हुनसक्छ, मेरो भोट । सफल साधारण सभा सम्पन्न गरेका राम सि पोखरेलको लगाव पनि हुनसक्छ, मेरो भोट । यस्तो लेखाजोखा र गोप्य छ र यसरी चुनिने प्रकृयालाई चुनाव भनिन्छ । मेरा राजनैतीक संग्लनता, केही गर्न नसके पनि सामाजिक संस्थाहरुका उठबस, थोरै जानेजस्तो गरेको पत्रकारिता, स्थानिय उम्मेद्वारहरु, हितैशी मित्रहरु, आफन्तहरुलाई अबश्य यो मनले ‘लायक’ ठान्नेछ । यो भन्नलाई ‘उम्मेद्वारहरुसंग पैसा’ माग्ने नाटक गर्नै पर्दैन, आरोपी हुनुपर्दैन ।
तर यहाँं खेल उल्टो छ । म जस्तै छन, सबै । सबका एक भोट छन । तर कसैसंग १० जना भए पांच सय, २० भन्दा माथी भए हजार, १०० देखी २०० भए पांच हजार, २०० देखी ५०० छ भन्न सके १० हजार र आधार ईलाकै उल्टाईदिन सक्छु भन्न सके २५ हजार सम्म रकम पोखिएका प्रशस्त उदाहरण छन, बेला आए, लेखुम्ला । सोमबार ब्रतमा कसम खाएर भन्छु, कुनै माईकालालले भन्दैमा १० त के ५ भोट् पनि दवाबमा कसैले हाल्दैनन, नक्कली मददाता नबनाए । दुंनियालाई जगजाहेर यो ध्रुबसत्यमा समाजमा एक अर्कालाई ‘आधार ईलाका कमान्डर देख्ने रोगमा’ उम्मेद्वारहरु किन नतमस्तक छन, चाकडीमा, सुन्दैमा दङ्ग लाग्छ ।
यो छापे यति, यो राख्दिए यति अन्तरवार्ता लिए यति, कार्यक्रम चलाईदिए यति, कार्यक्रम चलाऊन अर्कै राज्यबाट आए झन यति, दिनदिनै केही न केही लेखिदिए यति, यति लाईक गरे यति, यति शेयर गरे यती त यस्तो लेखिदिए यति । पत्रकारिता !!! एनआरएन जस्ता चाडपर्व सधैं आईरहोस्, हे-नारान भनेर दिनदिनै नारानलाई धुप हाल्ने पनि छन, पत्रकारितामा लाग्नेहरु । जसको जोहो यि यस्तै चाडहरुले मात्र चल्दछ । उनीहरुलाई यस्ता मुद्दा, कान्ड र चुनावरुपी चाडहरु लम्बिदिए राम्रो, नयाँ नयाँ शिर्शक पाईने, अरु पाईने त मोलमोलाईमा ।
अन्तमा; भोट र कोटका लागी मान्छेले आफु संलग्न संस्थाको ईमान सम्झदैंनन । हिजो गरेको समर्थन छोडिदिन्छन । रातारात गुट सिर्जना हुन्छ । उपगुट क्षणभरमै भन्छन अनि भरौटे बनेर समाजवाद, जनवाद, न्याय र ईमानका भाषण ठोक्छन । उम्मेद्वारहरुलाई यी कुराको राम्रो ज्ञान छ । दिनबन्धु पोखरेलले महापुराण सुनाए जस्तो कसैलाई नैतीकता, संलग्नता र वफादारिताको लेसन सिकाउन यो कलम चलाएको होईन ।
मान्छे हो, कमजोरी हुन्छन । क्मजोरीलाई आत्मसात गर्नेले जित्दछ । त्यो जित्नेलाई म संग भएको सिर्फ एक भोट दिनेछु । आधार ईलाकाको कमान्डिग गर्ने मेरो हैसियत छैन । प्रजातन्त्रवादीलाई मेरो भोट । सबैलाई शुभकामना ।
अस्तु !
gokulvivas@gmail.com

तपाईको प्रतिक्रिया

एनआरएन अध्यक्षमा भवन भट्ट निर्वाचित

  काठमाडौं ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।.. ...

राष्ट्रपतिद्वारा एकै साथ सात  विधेयक प्रमाणीकरण

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई.. ...

कांग्रेस र फोरमबीच पार्टी एकता, कांग्रेसमै फर्किए गच्छदार

  काठमाडौं, ३० असोज । कांग्रेस र फोरमबीच सोमबार पार्टी एकता भएको छ । आइतबार दिनभरिको.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

Today Exchange Rate