यसकारण फेसबुक चलेन, लाखौँ प्रयोगकर्ताद्वारा चिन्ता व्यक्त

258 पटक पढिएको

 

के तपाईले फेसबुक चलाउँदा समस्या भोग्नु भएको छ रु यदी यस्तो हो भने तपाई नआत्तिनुहोस, फेसबुक र इन्स्टाग्राममा समस्या भोग्ने तपाई मात्र हुनुहुन्न, बिश्वका लाखौँ प्रयोगकर्ताले केहि दिन यता समस्या भोग्दै आएका छन।

धेरै सोसियल मिडिया प्रयोगकर्ताहरुले सहजै फेसबुक लग इन नभएको र आ(आफ्नो वेबसाइट फेसबुकमा जडान नभएकोमा आलोचना गरेका छन। डाउन डीडेकटरले हजारौं फेसबुक प्रयोगकर्ताहरुले शनिबार बिहानदेखि सहजै फेसबुक लग इन गर्न नसकेको रिपोर्ट सार्वजनिक गरेको छ। कुल प्रयोगकर्ता मध्ये ४४ प्रतिशत प्रयोगकर्ताले आफुहरु पूर्णरुपमा फेसबुक लगइन गर्न बन्चित भएको बिचार व्यक्त गरेका छन भने ३८ प्रतिशतले आंशिक रुपमा समस्या भोगेका छन।

करिब आठ हजार इन्स्टाग्राम प्रयोगकर्ताले डाउन डीडेकटरलाई रिपोर्ट गरेअनुसार ४४ प्रतिशतले न्युज फिडमा समस्या भोगे भने २८ प्रतिशतले लग इन समस्या झेल्नु पर्यो।

फेसबुक डाउन भएको बारे फेसबुकले आफ्नो औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। तर ट्वीटरमा फेसबुक डाउन ट्रेन्डीङ भए पश्चात फेसबुक प्रयोगकर्ताले चिन्ता व्यक्त गर्न थालेका छन।

केहि प्रयोगकर्ताले फेसबुक लग इन गर्न सक्ने भएपनि उनीहरुले केहि पेज लोड गर्न, तस्विर सेयर गर्न, स्टाटसमा लाइक र कमेन्ट गर्न तथा मेसेज पठाउन समस्या भोगिरहेका छन्।

प्राविधिक समस्याका कारण फेसबुक डेस्कटप र मोबाइल अप्लिकेशनमा समस्या आएको बताइएको छ। युरोप, अमेरिका, ब्राजिल, अष्ट्रेलिया, नेपाल, भारत लगायत विश्वका अधिकांश प्रयोगकर्ताले लगइनको समस्या भोगेको डाउन डीडेकटरको रिपोर्टमा उल्लेख छ।

केहि देशका प्रयोगकर्ताहरुलाई भने फेसबुकले मेन्टेनेन्सका लागि फेसबुक डाउन भएको र केहि समयमै फेसबुकको समस्या समाधान हुने आशयका संदेश प्राप्त गरेका छन।

तपाईको प्रतिक्रिया

एनआरएन अध्यक्षमा भवन भट्ट निर्वाचित

  काठमाडौं ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।.. ...

राष्ट्रपतिद्वारा एकै साथ सात  विधेयक प्रमाणीकरण

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई.. ...

कांग्रेस र फोरमबीच पार्टी एकता, कांग्रेसमै फर्किए गच्छदार

  काठमाडौं, ३० असोज । कांग्रेस र फोरमबीच सोमबार पार्टी एकता भएको छ । आइतबार दिनभरिको.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

Today Exchange Rate