विश्वकपमा छानियो अर्जेन्टिना

88 पटक पढिएको

एजेन्सी / विश्वकप फुटबलका लागि  दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान खेलमा इक्वेडरलाई ३–१ ले हराउदै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको छ । एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो ।अर्जेन्टिनाको जितमा तीनै गोल मेस्सीले गरे । पहिलो मिनेटमा नै इक्वेडरका इबाराले गोल गरेपछि अर्जेन्टिना पछि परेको थियो । तर ११ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा दुई गोल गरेका मेस्सीले ६२ औं मिनेटमा सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीको ह्याट्रिकले अर्जेन्टिनालाई रुस यात्रा तय गर्न सजिलो बनायो । दक्षिण अमेरिकी क्षेत्रका १० देश मध्ये शीर्ष चारमा हरने टिमले विश्वकपमा सोझै स्थान बनाउँछन् ।

तपाईको प्रतिक्रिया

चलचित्र विकास बोर्डको अध्यक्षमा उद्धव पौडेलकी छोरी निकिता पौडेल नियुक्त

  काठमाडौं, २० मंसिर । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा.. ...

ओखलढुंगा कांग्रेसले गर्यो १९ जनालाई कारबाही, को को परे कारबाहीमा ? (नाम सहित)

ओखलढुंगा २५ मंसिर । नेपाली कांग्रेस ओखलढुंगाले निर्वाचनमा काग्रेस पराजय हुनुमा पार्टीभित्र.. ...

समानुपातिक मतमा माओवादीको अग्रता

जुम्ला, २५ मंसिर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate