शुल्क उठाएको विरोधमा नगरकोटका पर्यटन व्यवसायी प्रशासनमा

27 पटक पढिएको

नगरकोट, २१ कात्तिक । नगरकोटको भ्रमणमा आउने बाह्य पर्यटकसँग चाँगुनारायण नगरपालिकाले शुल्क उठाएको बिरोधमा यहाँका पर्यटन व्यवसायी नगरपालिकाले आफ्नो गुनासो नसुनेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय सरकारले आफुखुशी पर्यटन शुल्क नउठाउन २०७४ कात्तिक १५ गते पत्राचार गरेको भए पनि चाँगुनाराण नगरपालिकाले पर्यटन शुल्क उठाउँदै आएको छ । नगरपालिकाले आफुखुशी मनोमानीरुपमा शुल्क उठाएको भन्दै सोमबार शुल्क उठाउने कार्य रोक्न जिल्ला प्रशासन कार्यलयमा नगरकोट नाल्दुम पर्यटन विकास समितिले ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामाले नगरपालिकाले एकलौटी रुपमा पर्यटन शुल्क उठाउन टेण्डर लगाएको आरोप लगाउनुभयो । वार्षिक चार लाख पर्यटक भित्रने नगरकोटमा निजी कम्पनीलाई रु ५१ लाखमा टेण्डर दिइएको उनको भनाइ छ । नगरपालिकाले असोज १ गतेदेखि नगरकोट आउने बाह्य पर्यटकमध्ये सार्क मुलुकका नागरिकसँग प्रतिव्यक्ति रु २०० र अन्य देशकासँग रु ३०० लिने गरी ठेक्का दिएको थियो । व्यवसायीले सो निर्णय फिर्ता लिन माग गर्दै आएका छन् ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले अनियमति तवरबाट उठाएको प्रवेश शुल्क रोक्न स्थानीय विकास मन्त्रालयमा पत्राचार गर्ने बताए । व्यवसायी एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष लामाले नगरपालिकाले निर्णय नसच्याए व्यवसायीले होटल बन्द गरेर नगरपालिका घेराउ गर्ने चेतावनी दिए ।

अर्का व्यवसायी गोकुल शर्माले नगरपालिकाले व्यवसायीसँग बिना छलफल पर्यटन शुल्क उठाएर नगरकोटको पर्यटन व्यवसायलाई ध्वस्त बनाएको आरोप लगाए ।

व्यवसायीले पर्यटन शुल्क रोक्न माग गरेपनि नगरप्रमुख सोम मिश्रले आफू एक्लैले सो निर्णय गरेको नभई नगर कार्यपालिकाले निर्णय गरेको बताउँदै आएको व्यवसायीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

समानुपातिकमा माओवादी केन्द्र अगाडि

रोल्पा, २६ मंसिर । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) पहिलो भएको छ.. ...

काँग्रेस पराजित हुनुको कारण यस्तो छ

काठमाडौँ, २६ मंसिर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा.. ...

भूकम्पपीडितका नाममा १,३९५ ट्याक्सी दर्ता

काठमाडौँ, २६ मंसिर । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate