समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

6666 पटक पढिएको

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ ।
काठमाडौं घर भइ हाल टेक्ससको अस्टिनमा बस्दै आएका सुवोध तण्डुकारको कर्पस क्रिस्टीस्थित सामुद्रिक किनारमा छालले बगाएर निधन भएको हो । साथीहरुसँग बिदा मनाउन गल्फ अफ मेक्सिकोको सामुद्रिक किनारमा गएर पौडी खेल्ने क्रममा छालले तानेको बताइएको छ ।
कर्पस क्रिस्टी टेक्ससको प्रमुख सामुद्रिक पर्यटकीय स्थल हो । यो ठाउँ टेक्ससको ड्यालसबाट चारसय २५ माइल टाढा रहेको छ ।
‘सबै विवरण मैले पनि पाएको छैन, अहिले लाशलाई स्थानीय अस्पतालमा राखिएको खबर मैले पाएको छु,’ मृतकका मामा राजेन्द्र श्रेष्ठले टेलिफोनमा हिमालय खबरसँग भने । श्रेष्ठ न्यूयोर्कमा बस्दै आएका छन् । उनी टेक्सस आउने तयारीमा छन् ।
३५ वर्षिय सुवोधले गत वर्षमात्र नेपाल गएर बिहे गरेका थिए । उनले पत्नीलाई समेत अमेरिका ल्याउनका लागि आवश्यक प्रकृया अघि बढाइसकेका थिए । सूचना प्रविधि (आइटी) मा कार्यरत उनले तीन महिना अघिमात्र अस्टिनमा घर किनेका मामा राजेन्द्रले जानकारी दिए ।
‘अब नेपालबाट सुवोधका बा–आमालाई ल्याउनका लागि प्रकृया सुरु गरिएको छ,’ राजेन्द्रले भने । सुवोधको शवलाई स्थानीय कर्पस क्रिस्टी मेडिकल सेन्टरमा राखिएको छ ।
मृतक तण्डुकारकी उनकी एक बहिनीमात्र छिन् । उनका पिता शिक्षक छन् भने आमा बैंकबाट रिटायर्ड कर्मचारी हुन् ।
उक्त घटनाको खबर पाएपछि गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले आवश्यक सहयोगको लागि परिवारसँग समन्वय गरिरहेको छ । ‘असाध्यै दुखद् घटना हुनपुगेको छ, हामीले पीडित परिवार र आफन्तहरुसँग नजिकमा रहेर के सहयोग आवश्यक पर्छ त्यही अनुसार काम गरिरहेका छौँ,’ एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले भने ।
विशेषगरि समरको समयमा धेरै नेपालीहरु बिदा मनाउन सामुद्रिक किनारमा जाने भएकोले विशेष सचेतता अपनाउन पोखरेलको आग्रह छ । ‘समुद्रको छालले मानिसलाई तानेर लैजाने भएकोले त्यस्तो समयमा पौडी खेल्न नजानु उपयुक्त हो,’ पोखरेलले भने ।

– Source : HimalayaKhabar

तपाईको प्रतिक्रिया

धुर्मुसले गरे अर्को उदाहरणीय काम, आगलागीमा परेकी महिलालाई बचाए

महोत्तरी, २ भदौ । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाएका नेपालका हास्य कलाकार.. ...

मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए

मोरङ, २ भदौ । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग.. ...

नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, २ भदौ । नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

August 2017
S M T W T F S
« Jul    
 12345
6789101112
13141516171819
20212223242526
2728293031