२०८१ वैशाख १३ गते | 25th of April 2024

अन्ततः प्रेमिकाको हत्या गरेर फरार भएका प्रकाश दुवईबाट पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २९ गते १६:३१

काठमाडौं, २९ असोज । प्रेमीकाको हत्या गरी फरार भएका प्रकाश लामिछाने दुवइबाट पक्राउ परेका छन । प्रकाशले व्यवसायीको अपहरण गर्न प्रेमिकाको प्रयोग गरी हत्या गरी फरार रहेका थिए । फरार प्रकाशलाई नेपाल प्रहरीले दुबईबाट पक्राउ गरी आइतबार नेपाल ल्याएको छ । इन्टरपोलसँग समन्यव गरेर सिआइबीले लामिछानेलाई नेपाल ल्याएको हो । लामिछानेले व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती असुल्न आफ्नी प्रेमिका राधिका श्रेष्ठको प्रयोग गरेका थिए । पछि उनले पोल खुल्ने डरले आफ्नै प्रेमिकाको हत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *