२०८१ वैशाख ८ गते | 20th of April 2024

अमेरिकाको मिसाइल सुरक्षा प्रणाली साउदी अरबले किन्ने

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २१ गते २:१९

 

एजेन्सी २१ असोज । साउदी अरेबियाले रुससँग हवाई सुरक्षा प्रणाली खरिद गर्ने निर्णय गरेको एक दिनपछि अमेरिकाले साउदी अरेबियालाई मिसाइल सुरक्षा प्रणाली बेच्ने भएको छ ।

अमेरिकाको रक्षा मन्त्रालयले साउदी अरेबियालाई मिसाइल सुरक्षा प्रणाली बिक्री गर्ने निर्णय गरेको हो ।अमेरिकी सरकारले परिस्कृत टर्मिनल हाइ–अल्टिट्युड एरिया डिफेन्स (थाड) १५ अर्ब डलरमा बिक्री गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

यसले साउदी अरेबिया र खाडी क्षेत्रमा इरान तथा अरु क्षेत्री स्तरमा रहेको खतरासँग प्रतिवाद गर्ने क्षमता बढाउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
यो सम्झौताले खाडी क्षेत्रमा सैन्य सामजस्यतालाई भने कुनै असर नगर्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।
अमेरिकाले थाड प्रणाली दक्षिण कोरियामा स्थापना गर्दैछ । उत्तर कोरियाबाट हुन सक्ने सम्भावित मिसाइ आक्रमणबाट रक्षाका लागि यो प्रणाली स्थापना गर्न लागिएको हो । साउदी अरेबियाले त्यही प्रविधिको थाड प्रणाली नै किन्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *