२०८१ वैशाख ७ गते | 19th of April 2024

अरुणभ्याल्ली रनिङ शिल्डको पहिलो खेलमा मिर्मिरे र युवा कञ्चन विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २६ गते १४:३१

संखुवासभा, २६ असोज । विहिबारबाट सातौ अरुण भ्याल्ली रनिङ शिल्ड फुटबल प्रतियोगिता संखुवासभाको खादवारीमा सुरु भएको छ एड्भान्स क्लबले आयोजना गरेको प्रतियोगितामा भोजपुर, धनकुटा, सुनसरी, मोरङ र काठमाण्डौका टिमको सहभागिता छ । बिहीबार भएको खेलमा संखुवासभाको मिर्मिरे युथ क्लब र मोरङको युवा कञ्चन क्लब विजयी भएको छ ।
अरुण भ्यालीको विजेताले नगद १ लाख २५ हजार पाउने छ भने उपविजेताले ७५ हजार पुरस्कार पाउने छ । तेस्रो हुनेले ४० हजार पाउने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोरक्षक, गोलकर्तालाईसमेत नगद, शिल्डले सम्मान गरिनेछ । प्रतियोगिता असोज ३० सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *