२०८१ वैशाख ८ गते | 20th of April 2024

आईसिसी सदस्य दिल श्रेष्ठद्दारा अमेरिकाज क्षेत्रको डिआरसी पदमा उम्मेद्वारी घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ८ गते ०:३८

लस एन्जलस, अमेरिका । काठमन्डौंमा आगामी अक्टोबर महिनामा हुने एनआरएन ग्लोबल सम्मेलनमा हुने निर्वाचनका लागि एनआरएन आईसीसी सदस्य दिल श्रेष्ठले अमेरिकाज क्षेत्रको
डिआरसी पदमा उम्मेद्वारी घोषणा गरेका छन ।

अमेरिकाको लस एन्जलस क्षेत्रमा बसोबास गर्ने श्रेष्ठ लामो समयदेखी ब्यवसायमा सकृय छन । बिद्धालय निर्माण, कम्प्युटर शिक्षा अभियान र सेवामा संलग्न श्रेष्ठ एनआरएन अमेरिकाको सह-सचिव हुंदै आईसिसी सदस्य पदमा कार्यरत छन ।

हलिवूडमा चलचित्र निर्देशनको शिक्षा हासिल गरेका श्रेष्ठ ‘द ट्रिजन’ जस्ता अमेरिकी चलचित्रका निर्देशक हुन । एनआरएन अमेरिकाको सांस्कृतिक फांटमा चर्चित श्रेष्ठ अनुभव र सामाजिक सेवामा निरन्तरताका लागि अमेरिकाज क्षेत्रको डिआरसी (उप-संयोजक) पदमा आफुले उम्मेद्वारी दिएको बताउंछन ।

धादिङ्ग जिल्लामा जन्मेका श्रेष्ठ नेपालका बिभिन्न जिल्लामा कम्प्युटर शिक्षा अभियानमा सकृय छन । भुकम्पको बिनाशमा सहयोगका लागि जुटेका श्रेष्ठ त्यसपछिका बिद्धालय पुनर्निर्माणमा सकृय छन ।

‘सामाजिक काम बोलेर भन्दा, गरेर देखाउने कसम लिनु पर्दछ’ श्रेष्ठ भन्छन । ‘म गराईमा विश्वाश गर्दछु, लामा भाषण होईन । योजनाहरु निर्वाचित समितिको लागु गराउन कम्मर कसेर लाग्ने हो । ‘भिजन प्रकाशित गरेर भन्दा मनमा लिईने आत्मा विश्वाशको भिजनले काम गर्नुपर्दछ ।’ ‘मेरो अभियान त्यही हुनेछ’, आफ्नो उम्मेद्वारीबारे श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *