२०८१ वैशाख ७ गते | 19th of April 2024

आफुले पाएको टिकट छिनभरमा नै खोसिएपछि विद्रोहको तयारीमा लिलाबल्दव दाहाल

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ३ गते १७:३०

काठमाडौं ३ कात्र्तिक । आफुलाई टिकट लिनका लागि बालुवाटारमा बोलाएर आफनो नामको टिकट मित्रसेन दाहाललाई दिएको भन्दै लिला बल्दव दाहालले विद्रोह गर्ने चेतावनी दिएका छन ।
शुक्रबार पार्टी केन्द्रिय कार्य समितिले मित्रसेनलाई उम्मेद्धवार बनाएपछि उम्मेवद्धवारका प्रत्यासी दाहालले उक्त निर्णय तत्काल नसच्याए पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन् ।
‘कांग्रेसको नेतृत्व पक्षले मलाई टिकट दिने तयारी गरेको थियो । एक्कासी पैसाको चलखेल गरेर अयोग्य व्यक्तिलाई टिकट दिइयो,’प्रत्यासी उम्मेद्वार लिलाबल्लभ दाहालले भने ।

आफुलाई टिकट लिनका लागि शुक्रबार विहान ११ बजे बालुवाटारमा बोलाइएको र चारबजेसम्म कुराइएको तर अन्तमा आफुले पाएको टिकट मित्रसेनलाई बेचिएको दाहालले बताए । आफुले कांग्रेसमा गरेको योगदानलाई भुलेर प्रदेश क एमालेलाई सुम्पिन खोजेको समेत आरोप लगाए । यो निर्णय तत्काल खारेज गरी आफना नामको टिकट फिर्ता नगरे विद्रोह गर्ने चेतावनी दाहालले दिए ।

त्यसैगरी कांग्रेस ओखलढुँगा समिति सदस्यहरु कुमार लुईटेल, कमल तामाङ, रामजी बास्तोला, ज्ञानेन्द्र रुम्दाली, सिताराम श्रेष्ठ, लेखबहादुर राई, र अजय लुईटेल लगायतले चुनावी टिकट वितरणप्रति असहमति रहेको जनाउँदै तत्काल निर्णय नसच्याए विद्रोहमा उत्रिने चेतावनी दिएका हुन् । टिकट वितरणमा धाधली भएपछि ओखलढुंगाका अधिकांश नेताहरुले सामुहिक राजिनामा दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *