२०८१ वैशाख १२ गते | 24th of April 2024

एनआरएन अध्यक्ष पदकी उम्मेद्वार रबिना थापा लस एन्जलसमा

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २९ गते २२:०४

एनआरएन अध्यक्ष पदकी उम्मेद्वार रबिना थापा लस एन्जलसमा आउने भएकी छिन् । एनआरएन निर्वाचनको उम्मेद्वारको शिलशिलामा सबैभन्दा पहिले उम्मेद्वारी घोषणा गरेकी तथा आफ्नो उम्मेद्वारिताको बारेमा सामाजिक संजालको प्रचारमा सबैभन्दा अगाडी रहेकी थापा सान-फ्रान्सिस्कोको कार्यक्रममा भाग लिएर फर्कने क्रममा लस एन्जलस आउन लागेकी हुन ।
एनआरएन सदस्य बितरणको कार्यक्रमलाई टेवा पुगोस भन्ने हेतुले सामाजिक अभियान्ताहरुलाई भेटको लागि थापा भोली स्थानिय रुपमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कुरा एनआरएन क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेले जनाएका छन ।

थापाको कार्यक्रमको बारेमा उपाध्यक्ष पाण्डेद्दारा जारी बक्तब्य :
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्वाचनमा ‘अध्यक्ष’ पदका उम्मेदवार रबिना थापा एनआरएनएको सदस्यता विस्तार अभियान अन्तर्गत सोमबार साँझ लसएन्जलसका नेपाली समुदायसंग अन्तरक्रिया र साक्षात्कार गर्ने उद्धेश्यले तपाई हाम्रो माझ आउदै हुनुहुन्छ । अमेरिकामा गैर आवासिय नेपाली अभियान र संघको सदस्यता विस्तार जस्ता विषयमा आयोजित भेटघाट र अन्तरक्रिया कार्यक्रममा दक्षिण क्यालिफोर्नियामा बसोबास गर्नुहुने नेपाली समुदायलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
स्थान: नेपाल अमेरिका एकता समाजको कार्यालय, आर्टेसिया, लसएन्जलस ।
मिति: सोमबार, १३ मार्च, २०१७
समय: साँझ ७:०० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *