२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएन अमेरिकाको निर्वाचन : उपाध्यक्ष पदका उम्मेद्वार रामकुमार सुवेदीको अपिल

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १ गते २१:४७
श्रद्धेय नेपाल, अमेरिका तथा अन्यत्र रहनु भएका आफन्त तथा ईष्टमित्रहरू हार्दिक नमन बिगतमा नेपालको सरकारी सेवाको अनुभव, योग्यता, समाज, समुदाय र सामाजिक संस्थामा संलग्नता, सहभागिता, समर्पण र नेपाली भाषा, मातृभाषा, साहित्य, कला, संस्कृति, खेलकूद तथा अन्य क्रियाकलापमा मेरो निरन्तर समर्पण र मातृभूमिको सुख दुखमा साथ र सहयोगको कारणले भोलिका दिन पनि एन आर एन ए अमेरिकामा रही नेपाल र स्वदेशी तथा प्रवासी नेपालीको कल्याणमा थोरै भए पनि योगदान दिन सक्ने दृढ बिश्वास भएर आगामी एन आर एन ए अमेरिकाको निर्वाचनमा उपाध्यक्ष पदको उम्मेद्वारी मनोनयन गरेको छु, बिश्वास छ, मलाई बिजयी बनाई गहन जिम्मेवारी दिनु हुने छ! निर्वाचन प्रजातन्त्रको स्वर्णिम र स्वीकार्य बिधि हो, यसलाई र यसको परिणामलाई सम्मान, स्वीकार, र शीरोधार्य गर्नु पर्छ भन्ने कुरामा म अडीग छु साथसाथै निर्वाचनका गतिविधि, अन्य आदरणीय उम्मेदवारप्रति सम्मान गर्दै स्वच्छ र स्वस्थ प्रतिष्पर्धामा जान मेरो सम्पूर्ण भूमिका रहनेछ! मेरा पुजनीय बुवा आमाको नाममा मेरो पूज्य दाजु दुबसु क्षेत्रीद्वारा स्थापित “बसुन्धारा मान प्रज्ञा प्रतिष्ठान” को म संरक्षक र संस्थापक सदस्य हुँ l कनेक्टिकटमा बसोबास भएकोले यहाँका सम्मानित, स्थापित संस्था “कनेक्टिकट नेपाली समाज” र Society of Nepalese in America Branford को सदस्य रहेको गौरवका साथ भन्छु र यो हाम्रो साझा संस्थाको(NRN) त आजीवन सदस्य हुँ l एक्काइसौँ शताव्दीमा शायद कोही पनि मान्छे राजनीति, विचार, सिद्धान्त र आदर्शबाट अलग्ग रहन सक्दैन l हुनसक्छ कोही प्रत्यक्ष सामेल होलान् कोही अप्रत्यक्ष, म पनि त्यसमध्ये एक हुँ l तर एन आर एन एक बिशुद्ध सामाजिक संस्था भएकोले यी कुराहरूलाई मनोनयन पश्चात मन भित्र थाँती राखी, स्थगित गरी एन आर एनमा राजनीतिबाट प्रेरित नरही सम्पूर्ण प्रवासीको लाभमा लाग्ने बिश्वास दिलाउन चाहन्छु l हाम्रा चाहना, हाम्रा योजना, हाम्रा भावना, र हाम्रा प्रतिबद्धता प्रथमत: प्रवासीको समस्या समाधान र सम्भावनाको खोजीमा परिलक्षित हुनु पर्छ l गर्न गारो हुने महत्वाकांक्षी सपनाहरू भन्दा साना कुराहरूमा हाम्रा कदम र हात अघि सर्नु र बढ्नु पर्छ l स्वदेश र प्रवासमा बसेका साधारण मान्छेको साधारण गर्न सकिने सामान्य काम गरेर उदाहरनीय र स्मरणीय संस्था बनाउन हामी लागि पर्नु पर्छ l मेरो यात्रा र आश्था त्यही हुनेछ l गर्न सकिने साना चाहना र अन्यलाई सम्भावनाको खोजीको रूपमा मैले केही आफ्ना अठोटहरूलाई यसैसाथ प्रस्तुत गरेको छु l यसको लागि मेरो असल र अहोरात्र प्रयास हुनेछ l “तर” मेरो प्रतिबद्धताको भन्दा आगामी आउने नवनिर्वाचित अध्यक्षको एजेन्डा र असल भावनालाई साथ, काँध र हात दिनु मेरो परम दायित्व हुनेछ, मेरो कर्म र धर्म त्यसैबाट निर्देशित हुनेछ l अन्त्यमा, गाऊँमा सामान्य किसान परिवारमा जन्मे, नेपाली समाजमै हुर्के, बढें, पढें, काम गरेँ l बाऊ आमाको आशुर्वाद र दुबसु दाजुको मेहेनतले केही सिकें, केही गरेँ परिवारको लागि अब केही समय प्रवासी समाजलाई समर्पण गर्न चाहन्छु l त्यसको लागि उपयुक्त स्थान हामी प्रवासीको साझा संस्था एन आर एन लाग्यो, त्यसैले मैले एन आर एन ए अमेरिकाको North East को Vice President मा उम्मेद्वारी दिएको सहर्ष र सविनय जानकारी गराउँदै मलाई विजयी बनाई यहाँहरूको सेवा गर्ने मौका दिन हार्दिक निवेदन गर्दछु l बिगत वा बर्तमानमा जानी नजानी कुनै भूल गरे दुख प्रकट गर्दै क्षमा याचना गर्दछु l जय एन आर एन! जय नेपाल! God Bless America ! जय जन्मभूमि, जय मातृभूमि!! विनीत, राम कुमार सुबेदी उपाध्यक्षका उम्मेदवार(एन आर एन ए अमेरिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *