२०८१ वैशाख ८ गते | 20th of April 2024

एनआरएन अमेरिकाको निर्वाचन सेप्टेम्बर ५ र ६ तारिख

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १५ गते ३:१३

अमेरिका ।  गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको निर्वाचन आउंदो सेप्टेम्बर ५ र ६ तारिखमा हुने भएको छ । बिभिन्न आरोह अवरोहबीच निर्वाचन समितीले बुधबार निर्वाचनको नयां तालिका सार्वजनिक गरेको छ ।

उम्मेद्वारीको विषयलाई लिएर अदालत सम्म पुगेको विवाद अध्यक्षका प्रत्याशी गौरीराज जोशी र महासचिवका उम्मेद्वार पुर्ण बानियांद्दारा मुद्दा फिर्ता लिएपछि निवार्चन समितिलाई निवार्चनको मिति घोषणा गरेको छ । गत महिना हुनुपर्ने निर्वाचन जोशी र बानियांको मुद्दा दर्ताले टेनेसी अदालतबाट स्टे अर्डर पाएपछी अर्को सुचना नआउन्जेल निर्वाचन स्थगित भनेर निर्वाचन समितिले सुचना जारी गरेको थियो । अन्यौलका बाबजुद बुधवार राष्ट्रिय निर्वाचन समितिले जारी गरेको सुचना अनुसार आउदो सेप्टेम्वर ५ र ६ का दिन नया नेतृत्वका लागि मतदान हुने छ ।

एनआरएन, निर्वाचन समितिको सुचनानुसार इलेक्क्ट्रिक भोट प्रविधीवाट मात्रै मतदान गर्ने व्यवस्था गरिएको जनाइएको छ । समितिका अनुसार मतदान गर्ने मतपत्र इलेक्सन बडी इलेक्सनको नामको इमेलवाट मतदातालाई उपलब्ध गराइनेछ भने मतदानका लागि प्राप्त हुने इमेलको विषयमा अंग्रेजी भाषामा भोट नाउ (VOTE NOW) लेखिएको हुनेछ ।

गैर आवासीय नेपाली संघ वर्ष २०१७ देखि १९ सम्मका लागि निवार्चन चयनका लागि हुने मतदानको समय अगाडिको ४८ घण्टालाई निवार्चन समितिले शुन्य समय घोषणा गरेको छ । सेप्टेम्वर ३ आइतवारदेखि शुन्य समय सुरु हुनेछ भने उक्त अवधिमा व्यक्तिगत वा सामुहिक रुपमा प्रत्यक्ष वा टेलिफोन, विद्युतीय माध्यम, कुनै पनि सामाजिक संजाल मार्फत निर्वाचन प्रचार प्रसार गर्न नपाईने सुचनामा उल्लेख गरिएको छ ।

सुचनामा थप प्रष्ट पार्दै भनिएको छ विद्युतीय प्रणालीवाट मतदान हुने भएकाले निवार्चनको एक वा दुई दिन भित्र मतदानको नतिजा सार्वजनिक गरिने छ ।

बहुचर्चित एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्षका पदका लागी बर्तमान कार्यसमितीका अध्यक्ष डा. केशब पौडेल, बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल तथा उपाध्यक्षद्धय रबिना थापा र राम सि पोखरेल चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *