२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएन अमेरिकाज संयोजक पदका उम्मेद्वार श्री पराजुली

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १९ गते १६:२५

न्यूयोर्क । अमेरिकामा न्यूयोर्क बसोबास गरी बिभिन्न सामाजिक कार्य गर्दे आएका सामाजिक अभियान्ता श्री पराजुली न्यूयोर्क क्षेत्र मात्र नभै अमेरिकामा कृयाशिल थुप्रै संघ्-संस्थाहरुमा आबद्ध रहेर कुशल सामाजिक नेतृत्व गर्दे आएका छन ।
नेपाल देखी गर्दे आएको उनको सामाजिक कार्य अमेरिकामा पनि उत्तिकै सबल रहेको छ । प्रखर वक्ता पराजुली गैर आवासीय नेपाली संघ, एनआरएनको नेपालमा सम्पन्न हुन गईरहेको बिश्व सम्मेलनमा आफुलाई अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकको उम्मेद्वारको रुपमा उम्मेद्वारी घोषणा गरेका छन् ।

क्षेत्रीय संयोजक पदमा पराजुलीले गरेका घोषणाका बारेमा उनीद्दारा प्रेशित बक्तब्य :

गैर आवासीय नेपाली संघ सम्बद्ध सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सर्वप्रथम नेपालीहरुको महान चाडहरु बडा दशैं, तिहार, नेपाल सम्बत् एवं छठ पर्वको अवसरमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
“नेपालीका लागि नेपाली” भन्ने मूलमन्त्रसहित सन् २००३ सालमा स्थापित यस गैर आवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको १४ औं बर्षगाँठको अवसरमा विश्वका ७७ राष्ट्रमा संगठित सम्पूर्ण एनआरएन अभियन्ता सबैमा हार्दिक बधाई दिन चाहन्छु । साथै आगामी अक्टोबर १४ देखि १७ तारिखसम्म काठमाण्डौंमा सम्पन्न हुन लागेको संघको ८ औं विश्व सम्मेलनको पूर्ण सफलताको कामना समेत गर्दछु ।


संघको स्थापना र संगठनको विश्वव्यपी बिस्तारसँगै एनआरएन अमेरिकाको शूरुवाती समयदेखि हालसम्म संघको उद्देश्य प्राप्तिको लागि निरन्तर रुपमा लागि पर्दै एनआरएन अमेरिकाको उपाध्यक्ष (२०१३-२०१५ ), सदस्यता प्रमाणीकरण समितिको संयोजक लगायत संघको बिभिन्न जिम्मेवार पदमा रहेर काम गर्दै आएको साथै अन्य बिभिन्न सामाजिक संघ संगठनको सफल नेतृत्वदायी भूमिकालाई अझ शसक्त रुपमा अघि बढाउने प्रतिबद्दता दिलाउँदै आगामी कार्यकाल ( २०१७-२०१९) को लागि एनआरएनए, आईसीसी अमेरिकाज क्षेत्रको लागि क्षेत्रीय संयोजक (आरसी) पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्दछु ।
संस्थागत उद्देश्य प्राप्तिको लागि संस्थाको विधी, विधान, मुल्य र मान्यतालाई सर्बाेपरी मान्दै आफुले विगतमा सामाजिक संघ संगठनमा रहदाको अनुभव र ज्ञान, अग्रजहरुको सल्लाह र सुझाव साथै सम्पूर्ण शुभेच्छुकहरुको मार्गदर्शनलाई शिरोपर गर्दै आगामी कार्यकालको लागि विजयी गराई संस्थाको हितमा काम गर्ने अवसर र हौसला प्रदान गरीदिन हुन सबैमा सविनय अनुरोध गर्दछु ।
श्री पराजुली
उम्मेद्वार, क्षेत्रीय संयोजक, अमेरिकाज
एनआरएनए, आईसीसी
३४७-४४९-४७५३ (अमेरिका)
९८६९-१०४-७६० (नेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *