२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएन, न्यूयोर्क च्याप्टरद्दारा एनआरएन डे मनाईयो

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ३० गते ५:५२

न्यूयोर्क । “हामी समुदायको लागी भरिया बन्न आएका हौँ, राम्रो कामको भारि जति सक्दो बोकाइ दिनुस, सम्पन्न गरिछाड्ने छौँ ।” एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर उपाध्यक्ष बिष्णु रानामगरको यो भनाइले सभाहलमा तालीको फोहोरा छुट्यो । संगै बसेका सोहि च्याप्टर महासचिव महेश खड्काले थपे, “भिजन २०२० एण्ड वियोण्डको अहिले जुन अस्वभाविक विज्ञापनीकरण गरिएको छ त्यसको पछि लाग्नु अघि गहन अध्यान गरौँ, एनआरएनको विकासमा त्यो सर्थक अवधारणा होइन ।” बिहिबार न्यूयोर्कमा आयोजीत एनआरएन डे सम्बन्धी बृहद अन्तक्र्रीयामा व्यक्त बिचारहरु हुन् यी । एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरको आयोजनामा पत्रकार किरण मरहठ्ठाले संचालन गरको कार्यक्रममा सहभागीहरुले गैरआवासीय नेपाली अभियानको बारेमा खुलेर बहस गरे । एनआरएनए अमेरिकाका सचिव होम गौतमले आन्तरिक एकता मजबुत बनाउने र सदस्यता वितरणलाइ पारदर्शी बनाउने अभियानमा आफुहरु केन्द्रित भएको बताए । “एएमएस सिस्टम लागु गरि च्याप्टरहरुलाइ थप अधिकार दिनु जरुरी छ ” गौतमले भने । एनआएनए अमेरिकाका सहकोषाध्यक्ष पवन योञ्जनले एनआरएनलाइ अव प्रविधिसंग जोड्ने अभियान शुरु भएको बताउदै मोवाइल एप्स निर्माणको काम अधि बढिसकेको जानकारि गराए । “मोबाइल एप्सले एनआरएनको सबै गतिबीधि पारदर्शी बनाउने छ र सदस्यता वितरणमा देखिएको समस्या पनि समाधान हुनेछ, यो अभियानमा आइसिसिले पनि सहयोग गर्ने विश्वास लिएको छु ” उनले भने ।

Image may contain: 4 people, people sitting and indoor

ज्यक्सन हाइटस्को थकाली किचेनमा आयोजना गरिएको कार्यक्रममा एनसीसी अमेरिकाका पुर्वसदस्य सुर्य लम्सालले एनसीसी र आइसीसी बिचको समन्वय हुन नसक्नुले धेरै समस्या जन्माएको भन्दै एनआरएनमा बौद्धिक बर्गको उल्लेख्य सहभागिता बढाउनु पर्नेमा जोड दिए । उनले सिप तथा प्रविधि हस्तान्तरण स्थापना कालदेखिकै मुख्य एजेन्डा भएता पनि त्योे ओझेलमा परेकोमा दुःख व्यक्त गरे । “हामीले विदेशमा सिकेको सीप र लगानीले सिंचन सके नेपालले विकासको फड्को मार्नेछ ।” लम्सालले भने । कार्यक्रममा एनआरएनमा राजनीतिक हस्तक्षेप बढ्दै गएको प्रति अधिकांश सहभागीले चिन्ता व्यक्त गरेका थिए । एनआरएनए अमेरिकाका पुराना अभियन्ता एवं पुर्व आइसीसी सदस्य डा. बिनोद शाहले राजनीतिकरण न्यून गर्न बिशेष अभियान संचालन गनुपर्ने बताउदै सदस्य संख्या बढेसंगै राजनीतिकरण र नवीन समस्याहरु आउनु स्वभाविक भएता पनि अब सचेत हुनुपर्नेमा जोड दिए । उनले “राजनीतिक जुत्ता त फुकाल्यौैं तर मोजा फुकाल्न चाहेनौँ” भन्दै एनआरएनको राजनीति मोहप्रती व्यगं गर्दा हलमा हासो गुञ्जिएको भियो । राजनीतिकरणकै सन्दर्भमा अर्का बक्त, संचारकर्मी शैलेश श्रेष्ठले एनआरएनको विधानले राजनीतिक पद धारण गरेको व्यक्ति स्वतः अयोग्य हुने व्यवस्था गरेको भएता पनि चरम राजनीतिकरण नरोकिएकोमा आक्रोश व्यक्त गरे ।Image may contain: 4 people

कार्यक्रममा जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वागंले एनआरएन जन्मनु पुर्वनै राजनीतिक दलहरुको विदेशमा बर्चश्व रहेकोले राजनीतिक आश्थावान व्यक्ति एनआरएन अभियानमा सहभागि हुनु परिस्थितिजन्य स्वभाविकता भएको बताउदै एनआरएनको मर्म प्रतिकुल जाने कुनै पनि दलको मनशाय नरहेको प्रस्ट परेका थिए । एनआरएन अभियान्ता संजीब श्रेष्ठले आफु पदमा रहुन्जेल नबोल्ने अनि पद गुमेपछि सबै बेठिक भन्ने सोचले एनआरएन अमेरिकाले अपेक्षित प्रगति गर्न नसकेको बताए भने अर्का अभियन्ता खेम भट्टले एनआरएनले विश्वभरका नेपालीलाइ एकता र बन्धुत्वमा बाध्नका लागी खेलेको भूमीकाको प्रसंशा गरे । त्यसै गरि व्यवसायी नबराज केसीले नेपालमा साना उद्यमका लागी एनआरएनले लगानी बढाउनु पर्नेमा जोड दिए । न्यूयोर्क च्याप्टरका महिला संयोजक कंचन बस्नेतले एनआरएनमा महिला सहभागीता र शसक्तिकरण आजको प्रमुख चुनौती रहेको बताइन भने अर्का एनआरएनकर्मी प्रकाश बस्नेतले यूवा परिचालनमा विशेष कार्यक्रम ल्याउन सुझाब दिए । कार्यक्रममा लेखक राजन थपलीयाले डायस्पोरा साहित्यको विकासमा विशेष भूमीका खेल्न आग्रह गरे । सामाजीक अभियन्ता केशवराम राइले जिल्नेले काम गर्न हार्नेले सहयोग गर्ने परिपाटि बसाल्न सके मात्र एनआरएन परिणाममुखी हुने विचार व्यक्त गरे ।Image may contain: 6 people, people sitting, table and indoor

कार्यक्रममा सामाजीक अगुवा दुर्गेशजंग कार्कीले एनआरएन राम्रो बनाउने जिम्मा सबै नेपालीको हो भन्दै, अब हाम्रो होइन राम्रो एनआरएन बनाउन आग्रह गरे । ब्लड डोनर्स एसोसीएसन अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनालीले अन्य सामाजीक संस्थासंगको हातेमालोमा एनआरएनले जोड दिनुपर्ने बताए । कार्यक्रममा विजय गुरुगं, सोमनाथ हुमागांइ, लोकेन लामा, गोपाल गुरुगं लगायतले पनि मन्तव्य राखेका थिए । नेपाल सरकारले गैरआवासीय नेपाली संघ स्थापनाको दिन अक्टुबर ११ लाइ एनआरएन डेका रुपमा मनाउने गरेको छ । यो दिवस विश्वभरका नेपालीले हर्षोल्लासका साथ मनाउने गर्दैछन् ।Image may contain: 3 people, people smiling, people sitting

Leave a Reply

Your email address will not be published. Required fields are marked *