२०८१ वैशाख ११ गते | 23rd of April 2024

ओखलढुंगाको मतगणना सुरु, के छ त रामहरी खतिवडाको माहोल

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २१ गते १३:२२

काठमाडौं २१ मंसिर । ओखलढुंगाको मतगणना सुरु भएको छ । पाँच बजेबाट मत गन्न सुरु गर्ने भनिएतापनि सभा छ बजेबाट मतगणना सुरु भएको हो । लगभग ३ हजार मतगणना गरिसकेपछि पहिलो चरणको परिणाम आउने भएको छ । उक्त मत गन्न करिब १ घण्टा ४५ मिनेट लग्ने छ । ।

कांग्रेस र बामगठबन्धनबीच निकै प्रतिस्पर्धाको रुपमा हेरिएको ओखलढुंगा जिल्लाको मतगणना यतिबेला सुरु भएको हो । चिउरी डाडा माविको क बुथ र जनजीवन माविको क र ख दुवै बुथ त्यसैगरी ज्ञानज्योती माविको क ख र टारकेराबारी वडा कार्यलय भवनमा सञ्चालित बुथको मतगणना जारी छ । यो जिल्लाको मत परिणामलाई निकै महत्वका साथ हेरिएको छ । प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका रामहरी खतिवडा र एमालेका यज्ञराज सुनुवारको प्रतिस्पर्धा देखिएको छ । दुवै उम्मेदवार उत्तिकै क्यापेबल भएका कारण कस्को पक्षमा पल्लाभारी हुने भन्ने यतिबेला जिज्ञाषाको विषय बनेको छ ।

यता प्रदेशसभाका लागि प्रदेश क मा नेपाली कांग्रेसबाट मित्रसेन दाहाल र एमालेबाट अम्बिरबाबु गुरुङको प्रतिस्पर्धा रहेको छ । त्यसैगरी प्रदेश २ मा कांग्रेसबाट प्रदीपकुमार सुनुवार, माओबादी केन्द्रबाट मोहन खडका हिमशिखरबीच प्रतिस्पर्धा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *