२०८१ वैशाख ११ गते | 23rd of April 2024

ओली र प्रचण्डको एउटै स्वर, हाम्रो एकता कांग्रेस विरुद्ध होइन

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १७ गते १४:०२

काठमाडौं १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको एकता काँग्रेसविरुद्ध नरहेको स्पष्ट पारेका छन् ।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यो अहिलेको राष्ट्रिय आवश्यकता महशुस भएकाले आफूहरु एकताको निश्कर्षमा पुगेको बताए । यो कसैका विरुद्ध होइन, कोही भ्रमित हुन आवश्यक छैन, हामीले समयको माग अनुसार एकताको प्रक्रिया थालेका हौ, उनले भने ।

प्रचण्डले अब देशलाई सम्वृद्धिको बाटोमा अघि बढाउने भन्दै एकताको प्रक्रियामा सबै बाम पार्टीलाई सहभागी गराउन पहल गरिने बताए ।
एमाले अध्यक्ष केपी ओलीले पनि यो एकता र तालमेल कसैको विरुद्धमा लक्षित नरहेको बताए ।

उनले सबै बाम पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्ने भन्दै उनले आफूहरुको प्राथमिकता सरकार नरहेको बताए । तर उनले अगाडि थपे, यो देशको जन्मकुण्डलीमा २०७४ सालमा देशभक्त बामपन्थी सरकार लेखेकै छ कसैले मेट्न सक्दैन । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *