२०८१ वैशाख ७ गते | 19th of April 2024

कलैया उपमहानगरमा कांग्रेस विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ११ गते ३:०५

बारा, ११ असोज । बाराको कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका राजेश यादवले १० हजार ९ सय ३ मत ल्याएर मेयरमा विजयी भएका हुन । उनका प्रतिद्वन्दी एमालेका बिनोद साहले १० हजार ७ सय १६ मत ल्याए ।
उपमेयरमा पनि कांग्रेसका रहिमा खातुनले १० हजार ५ सय ३८ मत ल्याएर विजयी भए । प्रतिद्वन्दी एमालेका प्रतिमा यादवले १० हजार ३ सय ७२ मत ल्याए । मतगणना सकिएपनि निर्वाचन कार्यालयले नतिजा घोषणा गरेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *