२०८१ वैशाख ७ गते | 19th of April 2024

कांग्रेस र फोरमबीच पार्टी एकता, कांग्रेसमै फर्किए गच्छदार

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ३० गते १५:३७

 

काठमाडौं, ३० असोज । कांग्रेस र फोरमबीच सोमबार पार्टी एकता भएको छ ।
आइतबार दिनभरिको प्रयासपछि पार्टी एकताको समझदारी गरेका दुवै दलले बालुवाटारमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले एकताको समझदारीपत्रमा हस्ताक्षर गरेका छन ।
दुई दलबीच मुख्यतया संविधानलाई थप लोकतान्त्रिक र सर्वस्वीकार्य बनाउन दुवै दलले पहल गर्ने, आउँदा निर्वाचनमा संविधान संशोधनलाई साझा मुद्दा बनाउन तथा थरुहट र मधेश आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरुको रिहाइका लागि पहल गर्ने जस्ता सहमति भएका छन । पार्टी एकता भएपनि पदको बाँडफाँड भने भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *