२०८१ वैशाख ७ गते | 19th of April 2024

काठमाडौको बालाजुमा सेम्जोङ फिल्मको उदघाटन

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २५ गते ३:२२

काठमाडौं २४ मंसिर । काठमाडौंको बालाजु माछापोखरी स्थित कुमारीस्थानमा सेम्जोङ फिल्मस एण्ड डान्स सेन्टरको शनिबार उदघाटन गरिएको छ । जादुगर महादेब त्रिपाठी र नृत्य निर्देशक आशिक राइले रिवन काटेरका उदघाटन गरेका हुन । उदघाटन समारोहमा विभिन्न कलाकारहरुको उपस्थिती रहेको थियो ।
दक्ष कलाकार उत्पादन गर्नुका साथै विभिन्न फिल्म, टेलिफिल्म, म्युजिक भिडियो तथा नृत्य प्रशिक्षण दिने उद्धेश्यका साथ कल्चरको स्थापना गरिएको सेम्जोङ फिल्म तथा डान्स सेन्टरका निर्देशक जोन राइले अखबार अनलाइनलाई बताए । निर्देशक राइका अनुसार यस सेन्टरबाट दक्ष प्रशिक्षकद्वारा सस्तो र सुलभ तरिकाबाट नृत्य सिकाउनुका साथै राम्रो कलाकारलाई विभिन्न म्युजिक भिडियो तथा टेलि सिरियलहरुमा अवसर दिने बताए ।

एकै स्थानमा धैरै काम गर्ने गरी सेम्जोङ फिल्मस तथा डान्स सेन्टरको स्थापना गरिएको नायिका तथा मोडल सुनिता वाइवाले बताइन । वाइवाका अनुसार यहाँ नृत्य प्रशिक्षण, फिल्म तथा म्युजिक भिडियो उत्पादन, निर्देशन, सम्पादन, कोरियोग्राफी तथा विभिन्न इभेन्ट मेनेज्मेट समेत गर्ने बताइन । यस कल्चरमा नृत्यमा विशेष छुटको व्यवस्था समेत गरिएको छ । विशेष गरी समुहमा आउनेलाई विशेष छुटको प्याकेज राखिएको वाइवाले बताइन ।
अनुभवी कलाकर्मीहरुको समूहद्वारा यस संस्थाको स्थापना गरिएको हो । यस संस्थामा कोरियोग्राफर तथा निर्देशम जोन राइ, नायिका तथा मोडल सुनिता वाइवा र मोडल सृष्टी थोकरले संयुक्तरुपमा यस सेन्टरलाई सञ्चालनमा ल्याउने भएका हुन । जोन राइले यस अघि ६ दर्जन जति म्युजिक भिडियोहरुमा कोरियोग्राफर गरिसकेका छन । थुप्रै म्युजिक भिडियोमा कोरियोग्राफी तथा अभिनय गरिसकेका नयाँ आउने कलाकारलाई दक्ष बनाउने राइको उद्देश्य रहेको छ ।

त्यसैगरी सुनिता वाइवाले ‘ढुकुटी’ तथा ‘सेल्फल्याण्डिङ’ जस्ता चलचित्रहरुमा अभिनय गरिसकेकी छन भने करिब २ सय म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छन । मेन्दोमाया, लोकदोहोरी, आधुनिक सबैप्रकारका गीतहरुमा अभिनय गरिसकेी सुनिता आपैm दक्ष छन । त्यसैगरी दर्जनौ म्युजिक भिडियोहरुमा आफनो आकर्षक अभिनय गरिसकेकी सृष्टि थोकर आशा लाग्दी मोडलका रुपमा चिनिएकी छन । यी तीन जनाको समूहले सेम्जोङ फिल्मस तथा डान्स सेन्टर सञ्चालन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *