२०८१ वैशाख ६ गते | 18th of April 2024

काठमाडौ टोखाकी कल्पनाको सर्लाहीको गेष्टहाउसमा हत्या

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १७ गते १५:२५

सर्लाही, १७ मंसिर । सर्लाहीको मलंगवामा एक लजमा एक महिलाको हत्या भएको छ । काठमाडौं टोखा–९ घर भएकी ३२ वर्षकी कल्पना श्रेष्ठ लजको कोठा नम्बर २०५ मा बस्नुभएको थियो ।
आइतबार बिहान अबेरसम्म पनि कोठा नखुलेपछि लज सञ्चालकले महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । लजमा महिलासँगै सर्लाही बागमती नगरपालिका–४ घर भएका २४ वर्षका दीपक दाहाल बसेका थिए । दाहालले कल्पना आफ्नो श्रीमती भएको बताएका थिए ।
कल्पनाको हत्या दाहालले गरेको हुन सक्ने सर्लाहीका प्रहरी नायव उपरीक्षक राजेशबाबु थापाले बताउनुभयो । यसविषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *