२०८१ वैशाख १२ गते | 24th of April 2024

क्यालिफोर्निया च्याप्टरको सभापतीमा पाण्डे र मल्लको उम्मेद्वारी ; के होला परिणाम ?

खुल्लामन्च
 प्रकाशित: २०७४ असार १७ गते ०:३०

गोकुल ढकाल
लस एन्जलस, क्यालिफोर्निया ।

निर्वाचन सम्पन्न गरेर कार्यावधी सुचारु भएको करिब तीन महिना हुनुपर्ने एनआरएन, अमेरिका एनसीसी र च्याप्टरको निर्वाचन बिबिध कारणले पर सरेर अगस्ट महिनाको पहिलो साता सम्पन्न हुने जनाईएपनी रौनकता घटेको छैन । ‘हजुर म उपाध्यक्ष’ भन्दै सबैभन्दा चर्चित पद ‘उपाध्यक्षको पद’ भएको छ । चार जना उपाध्यक्ष निर्वाचन हुने एनसीसीको बैधानिक ब्यबस्थामा सम्भवत: तीस जना उम्मेद्वार ‘हजुर म उपाध्यक्ष’ का छन । संस्थामा निरन्तरता र लगावका हिसावले ‘हजुर म उपाध्यक्ष’ का भागिदार भए पनि अस्वाभाविक पाराले यो पदमा धेरैको उम्मेद्वारी परेको छ, भलै प्रजातन्त्रमा सबैका ब्यक्तिगत अधिकारहरु आँफैंमा सुरक्षित हुन्छन । त्यसो त ‘हजुर म उपाध्यक्ष’ मा सबैको चाहले पनि पछी धकेलिएको निर्वाचन दिन दिनै बहसका बिषय बनेका छन ।

निर्वाचन पछी सर्ने थाहा भएर हो या ‘सरिहाल्छ, विस्तारै मिलाएर उठम्ला नि’ भनि ठानेर हो, च्याप्टर र एनसीसीमा उम्मेद्वारी घोषणा भएका समाचारहरु अझै थपिनेवाला छन । अझै, आईसीसीमा उम्मेद्वारीको हल्लाले त प्राथमिकता पाएकै छैन । यसरी उम्मेद्वारी बढ्ने क्रममा सबैभन्दा ठुलो एनसीसीको शायद तेस्रो बढी सदस्य संख्या रहेको क्यालिफोर्निया राज्यको निर्वाचन माहौलले यसपटक ‘शक्ती, समर्थन र विजय’को गरमागरम ज्वारभाटा फ्याक्न थालेको छ । लस एन्जलसलाई कर्मथलो बनाएर समाजसेवामा निरन्तर लागेका एनआरएन क्यालिफोर्निया च्याप्टरका वर्तमान उपाध्यक्ष रामबाबु पाण्डे र सान्-फ्रान्सिस्कोलाई कर्मथलो बनाएर त्यसरी नै अघि बढेका सोही कार्यसमितिका वर्तमान सचिव सुरेन्द्र मल्ल दुबैले अध्यक्ष पदमा आ-आफ्नो उम्मेद्वारी घोषणा गरेपछि तातेको छ, क्यालिफोर्निया ।

समझदारी र विश्वासका कारण उम्मेद्वारी : पाण्डे 

बर्तमान कार्यसमितिको तय हुने बखत सानफ्रान्सिस्कोलाई छाडिदिने सहमतिमा अहिलेका अध्यक्ष पूर्ण बानियांलाई सहयोग गर्ने र त्यसबेला अब निर्वाचित हुन गैरहेको समितिमा बिना विवाद लस एन्जलसलाई सभापती पदमा समर्थन गर्ने सहमती भएको थियो । सान्-फ्रान्सिस्को र लस एन्जलस बिच सौहार्दता र भाईचाराको बिकास गर्ने भन्दै निर्वाचनमा नगई निर्विवाद बर्तमान कार्यसमिती बनेको थियो । त्यतिबेला बर्तमान उपाध्यक्ष रामबाबु पाण्डेलाई स्वत: च्याप्टर सभापतिमा सर्वसम्मत चयन गर्न सान्-फ्रान्सिस्को र लस एन्जलसका सामाजिक अगुवाहरु बिच भद्र सहमती बनेको थियो । फलस्वरुप; एनआरएन निर्वाचन हुने हल्ला चल्ने बित्तिकै ‘सहमती कायम होला’ भनेर पाण्डेले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरे । सहमती, समझदारी र एकता तोडिएको भन्दै ‘अब जुनसुकै अवस्थामा पनि आफु चुनौतीको सामना गर्न तयार रहेको’ पाण्डे बताउंछन ।

यो लिन्क क्लिक गर्नुहोला :
http://www.khullamanch.com/ram-babu-pandey-president-ca-usa/
 को कुन टीमको ? 

एनआरएन निर्वाचनको अध्यक्ष पदका प्रत्यासीहरुको समर्थनमा पनि च्याप्टर समितीमा उम्मेद्वारी घोषणा हुंदैगरेको अवस्थामा पाण्डेलाई गौरीराज जोशी र रबिना थापाको टीमले समर्थन गर्ने अांकलन छ । उता जनसंपर्क समितिमा समेत आबद्ध मल्ललाई एनसीसीका बर्तमान सभापति डा. पौडेलको टीमले समर्थन गर्नेछ । राजनैतीक रुपमा स्पस्ट नखुलेका पाण्डे र जनसंपर्क समर्थक मल्ल बिच क्यालिफोर्नियावासीहरुले को छान्छन, त्यो हेर्न बांकी त छदैंछ ।

बलियो को ?

देखेको भन्नैपर्छ, अमेरिकामा निर्णयक भोटको हिस्सेदार नेपाली जनसंपर्क समिती अमेरिका यसपटक पनि एनआरएन निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वारको शिर्शकमा बिभाजित छ । तीन प्रमुख प्रतिश्पर्धीहरुका पछाडि तीन समुहमा नेजस, अमेरिका बिभाजित देखिएको छ । जसमा डा. पौडेलको टीमको समर्थन मल्ललाई मिल्नेछ भने बांकी दुई समुहको समर्थन पाण्डेले पाउने देखिन्छ ।
सामुदायिक रुपमा लस एन्जलस पुरै पाण्डेको पक्षमा छ, चाहे जुनसुकै समुह र तप्काका हुन, शालिन पाण्डेका पक्षमा सिंगो लस एन्जलस एक छ । निर्वाचन हो, तल-माथी अवश्य हुन्छ । तर पाण्डेको पक्षमा लस एन्जलसबाट ९८% मत प्राप्त हुने देखिन्छ । नेजसका सकृय कार्यकर्ताहरुसंगको राम्रो उठबशका कारण पाण्डे सान्-फ्रान्सिस्को क्षेत्रमा पनि उत्तिकै चर्चित छन । वे-एरियामा हुने हरेक कार्यक्रममा सहयोग र समर्थन गर्न उतै पुग्ने पाण्डेको निरन्तरताले उनी निर्वाचन जित्ने कुरामा ढुक्क रहेको बताउंछन । ‘त्यो भन्दा ठुलो कुरो सम्झौता, समझदारी र एकता हो, हिजो जुन कुरो सहमती भएको थियो, त्यही विश्वासको निरन्तरताले एकता खोज्न म अघि बढेको हुँं’, पाण्डे बताउंछन ।

त्यसो त जनसंपर्क समितीमा निरन्तरता र सान्-फ्रान्सिस्कोको लामो बसाई र चिनजानले मल्ल बलिया छन । चुनाव हो, परिणाम नआई के भन्न सकिन्छ ? सबैजना जित्नकै लागि होमिन्छन । सबैको सहयोग मिल्नेमा मल्ल ढुक्क छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *