२०८१ वैशाख १४ गते | 26th of April 2024

कांग्रेसका खतिवडाले बुझाए रातो पास्पोर्ट

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ३० गते ११:१६

काठमाडौं ३० असोज । नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले आफुले लिएको कुटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन । सांसद सुविधा पाएको कुटनीतिक राहदानी सांसद स्वतः विगठन भएपछि आफुले नैतिकताका आधारमा फिर्ता गरेको खतिवडाले बताएका छन । कुटनीतिक राहदानी दुरुपयोग भइरहेको अवस्थामा खतिवडाले इमान्दारीका साथ राहदानी फिर्ता गरेर उदाहरीय काम गरेका छन । यसरी राहदानी फिर्ता गर्ने मध्ये पहिलो व्यक्ति खतिवडा बनेका छन । खतिवडाले व्यवस्थापिका संसदको अन्तर्राष्टिय सम्पर्क एवं समन्वय समितिमा राहदानी बुझाएका हुन ।
संसदको अन्तर्राष्टिय सम्पर्क एवं समन्वय समितिमा अहिलेसम्म ११ जना सांसदहरुले राहदानी बुझाएको उपसचिव रेखा उपाध्यायले बताइन । उपाध्ययका अनुसार कतिपय सांसदहरुले सिधै परराष्ट मन्त्रालयमा गएर बुझाउने बताएका छन । समितिमा बुझाएपनि राहदानी क्यान्सिलेशन भने परराष्ट मन्त्रालयले नै गर्ने उपसचिव उपाध्ययले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *