२०८१ वैशाख ६ गते | 18th of April 2024

खुल्यो रहस्य यौन सम्बन्ध राख्न नमानेपछि सानु लक्ष्मीको हत्या भएको खुलासा

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २५ गते २:४५

काठमाडौँ, २५ असोज । यौन सम्बन्ध राख्‍न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा आएको छ।
स्थानीय गेलुङ लामाको श्रीमती ५० बर्षिया सानी लक्ष्मी बम्जनको उनकै छिमेकी ३१ वर्षिय उमेश हजरा दुसादले गत बिहिबार जर्बजस्ती करणीपछि हत्या गरेका हुन्।
दुसादले बम्जनको बलात्कारपछि टाउकोमा कोदालो र घाटीमा खुर्पीले पटक पटक प्रहार गरी हत्या गरेको पर्साका प्रहरी उपरिक्षक डाक्टर गणेश रेग्मीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा बताए।
पक्राउ परेका दुसादले जर्बजस्ती करणीपछि हत्या गरेको स्वीकार गरिसकेको प्रहरी उपरीक्षक रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए।
गत असोज १९ गते बिहिबार दिउँसो १ बजे तिर भकारी लिप्नका लागि माटो लिन घरबाट निस्किएकी बम्जनको शव उनको घरबाट ६ सय मिटर पर रहेको स्थानीय जमुना चौधरीको ऊखु बारीमा भेटिएको थियो।
गत बिहिबार भकारी लिप्नका लागि दुई बोरा माटो ओसारि सकेर तेस्रो पटक माटो लिएर आउँदा उखुबारीमा बम्जनलाइ शौच गर्न गएका दुसादले भेटेका थिए।
दुसादले यौन सम्बन्ध राख्न आग्रह गरेपछि बम्जनले अस्वीकार गर्दा दुसादले ढुङगाले उनको टाउकोमा हिर्काएपछि उनी बेहोश भएकी थिइन्। अन्नपुर्ण पोष्टमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *