२०८१ वैशाख १४ गते | 26th of April 2024

खुल्लामन्चको सातौं वार्षिकोत्सव डिसेम्बर १०, आईतवार

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर ७ गते १८:४९

गोकुल ढकाल, लस एन्जलस ।
लस एन्जलसबाट प्रकाशित हुने अनलाईन पत्रिका खुल्लामन्च डट कम(www.KhullaManch.com) को सातौं वार्षिकोत्सव डिसेम्बर महिनाको १० तारिख आईतवारका दिन हुन गईरहेको छ । दियो फाउन्डेशनद्दारा संचालित खुल्लामन्च डट कमको सातौं वार्षिकोत्सवको उक्त कार्यक्रममा क्यालिफोर्निया, लस एन्जलस क्षेत्र वरपरबाट नेपाली सामुदायिक संस्था, सामुदायिक सदस्यहरु, बिभिन्न सामाजिक अभियान्ताहरु र अमेरिकामा सकृय पत्रकारहरुको पनि उपस्थिती रहने छ ।

‘Connecting Community Through Media’ भन्ने नाराका साथ शुरु भएको ग्रेटर लस एन्जलसलाई आधार मानेर अमेरिकी नेपाली समुदायमा धेर-थोर सकृय खुल्लामन्चको उक्त कार्यक्रममा ‘संचार र समुदाय’ बिषयक अन्तर्कृया कार्यक्रम हुनेछ । खुल्लामन्चलाई प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरुलाई यसै सुचनालाई आधार मानेर उपस्थित भईदिई सामुदायिक शोभा बढाईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

नव बर्ष २०१८ को पुर्व सन्ध्या, सामुदायिक जमघट र आपसी भाईचाराको हेतुले आयोजनाको गरिएको कार्यक्रममा नि:शुल्क प्रवेश र रात्रीभोजको ब्यबस्था गरिएको छ । आर्टेसिया नगरमा अवस्थित तारा हिमालयन कुजिनमा आयोजना हुने कार्यक्रम बेलुकी ७:३० बजे शुरु भई अपरान्ह १०:०० बजे सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *