२०८१ वैशाख ८ गते | 20th of April 2024

गगन थापालाई लक्षित गरी चपलीमा बम विस्फोट, थापा सहित ११ जना घाइते

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १८ गते १४:१८

काठमाडौ १७ मंसिर । नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम प्रहार गरिएको छ । चुनावी सभालाई सम्बोधन गर्दै हिडेका थापालाई काठमाडौंको चपली हाइटमा बम प्रहार गरिएको हो । बम प्रहारबाट गगन थापा सहित ११ जना घाइते भएका छन ।

थापासहित सात जना कार्यकर्ता सामान्य घाइते भए पनि चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । थापाले आफू संयोगले बाँचेको बताएका छन ।
थापालाई लक्षित गरी ‘रिमोट कन्ट्रोल’ बाट बम बिष्फोट गराइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार घटनास्थलबाट अनुसन्धानका क्रममा ४० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । कसले बम विष्फोट गराएको हो भन्ने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *