२०८१ वैशाख ८ गते | 20th of April 2024

राजनीति, गाउंपालिका र बिकासका पुर्वाधारहरु

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २० गते २:१५

राजन अधिकारी
लस एन्जलस, क्यालिफोर्निया ।

बृहत्तर राजनीतिक परिबर्तनले तय गरेको गणतान्त्रिक संबिधान र यसले निर्दिष्ट गरे बमोजिमको संघिय प्रशासनिक संरचना, स्थानिय चुनाव अनि स्थानिय तहमा प्रत्यक्ष बिनियोजित बिकाश बजेट र तलब सहितका स्थानिय जनप्रतिनिधीहरू अबको नयॉं नेपालका बिकाशका आधारहरू हुन । अब राजनीतिक दलहरू बिच धेरै राजनैतिक र प्रशासनिक मुद्दाहरूमा बहस गरिरहनु नपर्ने हुनाले सबैको ध्यान मुलुकको संबृद्दि र बिकाशमा जान्छ भन्ने कुरामा जनताहरू ढुक्क हुंदा फरक नपर्ला तर बिकाशको खुड्किलामा पहिलो पाईला सार्दै गर्दा बिशेषगरी गॉउपालिकाहरूले कस्ता किसिमका योजनाहरू बनाउदा प्रभाबकारी, जनमुखी र दिर्धकालिन बिकाशका आधार बनाउन सकिएला भन्ने कुरामा ध्यान जान जरूरी हुन्छ । संघिय संरचना र स्वतन्र बजेटमा काम गर्न पाउने पहिलो जनप्रतिनिधीहरू भएकाले तपाईहरू भाग्यमानी त हुनुहुन्छ नै तपाईहरूले बसाएको जगले भबिस्यको घर कस्तो बन्ने भन्ने समेत तय हुनेहुदा केबल लोकप्रियताको लागी मात्र फेन्सी जग नबसाली दिर्धकालिन प्रभाब पर्ने मजबूत जग हाल्नु जरूरी छ ।
1. बिकाश पूर्बाधारका काम : एकत्रित बस्तिको बिकाशको अबधारणामा सकभर बस्तिहरूलाई एकै ठॉंउमा राख्न प्रोत्साहित गर्ने जस्को लाई आबस्यक सरकारी सुबिधाहरू दिने यसो गर्दा भोलिको दिनमा घरघरमा पुर्याउनु पर्ने सुबिधाहरू जस्तै बत्ती, पानी बाटो को लागी कम बजेटमा सबैलाई सुबिधा पुग्नेगरी भौतिक संरचना निर्माण गर्न सकियोस् ! सकेसम्म सबै घरहरूलाई छुनेगरी कमसेकम हाललाई कच्ची सडक भएपनि पुर्याउने ।
2. शिक्षा स्वास्थ्यमा जोड दिने : सबै बालबालिका हरूलाई शिक्षामा पहुंच पुर्याउन माध्यमिक बिध्यालय सम्मको अध्यायन निःशुल्क मात्र होईन आर्थिक अबस्था हेरी स्टेसनरी र खाजाको ब्याबस्था समेत गरिदिने र जनसंख्याको आधारमा उच्चमाध्यामिक बिध्यालयहरू समेत थप्दै जाने ! आबस्यक्ता अनुसार अस्पतालहरू बनाउने र बालबालिका र बुढाबुढीको हकमा निशुल्क उपचार र युबाहरूको हकमा स्वास्थ्य बिमाको व्याबस्था गर्ने ।
3. युबा रोजगारको ब्याबस्था गर्न पहल गर्ने : कुनै पनि ठॉंउको बिकाशका आधार भनेका युबाहरूहुन हाल हरेक गॉंउपालिकाका अधिकांश युबाहरू शहर या बिदेश गएका छन यीनिहरूलाई कुनै न कुनै रोजगारी वा व्यावसाय गर्ने बाताबरण बनाएर गॉंउ फर्काउन सकियो भने गॉंउको बिकाश तिब्र रूपमा हुन्छ त्यसैले स्थानिय कार्यलयहरू , संघ संस्थाहरूमा स्थानिय युबाहरूलाई नै रोजगारी दिने र कुनै उध्गोग ब्याबसाय गर्न रूचिहुनेलाई कर लगाएत भाडाहरूमा सहुलिएत दिदै स्थानिय उत्पादनलाई स्थानिय स्तर मै खपत गर्न सकिने बाताबरण बनाई दिने । कृषिको लागी सिंचाईको प्रबन्ध गरिदिने र मल बिऊ सर्बसुलभ गराईदिने ।
4. आय बृद्दि बिस्तार गर्ने : अहिले निर्वाचित हुनुभएका प्रतिनिधिहरूले स्थानिय स्तरबाट पनि बृदभत्ता दिनेकुरा गर्नु भएको सुनिन्छ बृद्दभत्ता बढाउनु आफैमा राम्रो काम हो तर अरू आय बृद्दि नगरी केन्द्रबाट आएको बजेटबाटै भत्ता बढाउन लागियो भने अरू बिकाशका काम कसरी गर्न सकिएला र त्यसैले पनि स्थानिय स्थरमा आय बृद्दि गरि बिकाश योजनामा लगाउनु जरूरी हुन्छ । यस्को लागी नियाम कानून को परिधिमा रहेर स्थानिय स्तरमा उत्पादित बस्तुहरूमा कर लगाउने, ब्याबसाय गर्नेहरूलाई पनि करको दायरामा ल्याउने, बिभिन्न बिषयहरूमा बिमाको ब्याबस्था गराई उठेको रकम समेत बिकाशको काममा लगाउने ।
5. सार्बजनिक स्थलहरू निर्माण गर्दैजाने : हिजोआज मानिसहरूमा सामाजीक भाबना क्षण हुंदै गएको परिप्रेक्षमा यसलाई जगाई राख्न स्थानियस्तरका सरकारले आ-आफ्नो ठॉंउमा सार्बजनिक स्थल, मठ मन्दिरको, पाटीपैवा र पार्क निर्माण गर्न जरूरी हुन्छ त्यसको लागी आजै देखि ठॉंउठॉंउमा सार्बजनिक जग्गाको प्रबन्ध गर्दै जानुपर्दछ ।
यसरी बिकाशका पूर्बाधारहरूको कामहरूमा बिस्तारै हातेमालो गर्दै गईयो भने हरेक नेपालीहरूको मानस्पटलमा रहेको समृद्द नेपाल अबको ८/१० बर्ष भित्र देख्न पाईने थियो की ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *