२०८१ वैशाख ७ गते | 19th of April 2024

गायिका पुजा सुनुवार उत्कृष्ट आधुनिक गायिका २०७४ बाट सम्मानित

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २६ गते १७:१२

गायिका पुजा सुनुवारले  सर्वोकृष्ट आधुनिक गायिकाको अवार्ड जित्न सफल भएकी  छन । गायिकाले ‘ओएस नेपाल अवार्ड २०७४’को अवार्ड   जित्न सफल भएकी  हुन् । उनले गाएको  ‘काठमाडौं शहर’ बोलको गीतबाट  ‘बेष्ट आधुनिक संग फिमेल अवार्ड’ जितेकी हुन् ।
आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको अवार्ड वितरण कार्यक्रममा गायिका सुनुवारलाई उक्त अवार्डले सम्मान गरिएको हो । गायिकाले भर्खरै बजारमा ल्याएको ‘काठमाडौ शहर घुम्ने रहर’ बोलको गीत आएस नेपाल म्युजिक अवार्डको नोमिनेशनमा परेको थियो । उत्कृष्ट पाँच मध्य पुजा सुनुवार पब्लिक भोटरको आधारमा सर्वोकृष्ट आधुनिक गायिकाको सुचीमा पर्न गएकी हुन ।
पुजा सुनुवारका गीतहरु प्राय सबै चर्चामा रहेका छन । उनले गाएका गीतहरु सेल्फी, ट्युसन पढाउँछु, नसम्झी बसौं, भर्खरै पो थाहा पाएँ, निष्ठुरी त तिमी भयौ, चिटिक्कै छु नि मत बाटी दुई चुल्ठी लगायतका गितहरुले चर्चामा छन । यसरी चर्चा कमाउदै आएकी पुजाको पछिल्लो गीत काठमाडौं शहर बोलको गीत भने उनलाई नोमिनेशनमा पार्न सफल बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *