२०८१ वैशाख ६ गते | 18th of April 2024

गुगलभन्दा धेरै सुरक्षित र गोपनीय छन् यी ५ सर्च इन्जिन

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन १८ गते १८:१०

आमरुपमा इन्टरनेट प्रयोगकर्ताले प्रयोग गर्ने गुगल लगायतका चर्चित सर्च इन्जिनहरुले प्रयोगकर्ताद्वारा सर्च गरिएका कुरा ट्र्याक गर्छन् । सोही हिसाबमा उनीहरुले प्रयोगकर्ताले हेरिरहेको वेबपेजमा विज्ञापन देखाइदिन्छन् र पैसा कमाउँछन् ।

यदि तपाईंलाई सर्च इञ्जिनले आफ्नो ब्राउजिङ हिस्ट्री स्टोर नगरोस् र आफूले सर्च गरेको सामग्री समेत स्टोर नगरोस् भन्ने चाहनुहुन्छ भने प्राइभेट सर्च इन्जिन प्रयोग गर्नु उपयुक्त हुन्छ । इन्टरनेटको दुनियाँमा विभिन्न नामका उपयोगी तथा सुरक्षित प्राइभेट सर्च इन्जिन छन्, जसले न तपाईंले सर्च गरेको कुरा स्टोर गर्छन्, न त तपाईंलाई ट्र्याक नै गर्छन् ।

इन्टरनेट प्रयोगकर्ताको सुरक्षा र गोपनीयता दुवैलाई ख्याल गर्ने यस्तै ५ वटा सर्च इन्जिन यी हुन्:
WolframAlpha : यसले प्रयोगकर्ताले सर्च गरेका कन्टेन्टलाई स्टोर गर्दैन र प्रयोगकर्तालाई ट्र्याक पनि गर्दैन । यो कम्प्युटेबल सर्च इन्जिन हो, जसले सटीक नतिजा खोज्छ । यसले मानिसहरुको स्वास्थ्य, तन्दुरुस्ती, म्युजिक तथा मुभिजका बारेमा उपयुक्त जानकारी देखाउँछ ।

Gibiru : यो पूर्णरुपमा अनसेन्सर्ड तर एनक्रिप्टेड सर्च इन्जिन हो, जसबाट कुनै पनि थर्ड पार्टी डाटा लिक हुने सम्भावना हुँदैन । यो अन्य कैयौं प्राइभेट सर्च इन्जिनभन्दा छिटो चल्छ, किनकि यसले गुगल कस्टम सर्चको प्रयोग गर्छ । तर, यसले गुगलबाट प्रयोग गरिने सबै ट्रयाकिङ शैलीलाई हटाइदिन्छ ।

Startpage : यसले प्रोक्सी सर्भरका माध्यमबाट ब्राउजिङ अप्सन दिन्छ, जसबाट वेबसाइटहरुले तपाईंको आईपी एड्रेस तथा लोकेसन ट्रयाक गर्न सक्दैनन् । यसलाई आफ्नो ब्राउजरमा एड गर्न सकिन्छ र कलर थिम्स पनि छनोट गर्न सकिन्छ ।

Privatelee : प्राइभेटलीको पावरसर्च कमान्ड्सबाट तपाईं आफ्नो सर्च स्रोत तथा अन्य कुरा चयन गर्न सक्नुहुन्छ । यो सर्च इन्जिनको अर्को नाम Qrobe.it पनि हो ।

Yippy : यो सर्च इन्जिनको माध्यमबाट तपाईं आफूले खोजेको नतिजालाई म्यानुअल्ली फिल्टर गर्न सक्नुहुन्छ । कुनै खराब नतिजालाई फ्लाग गर्न सक्नुहुन्छ । यसमा वेब, तस्बिर, समाचार, ब्लग तथा सरकारी डाटाहरु समेत सर्च गर्न सकिन्छ । यसमा तपाईं गुगलमा जस्तै Cashed Page पनि देख्न सक्नुहुन्छ ।

साभार : अनलाईनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *