२०८१ वैशाख १३ गते | 25th of April 2024

गौचन हत्यामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २३ गते १६:१४

काठमाडौं २३ असोज । सोमबार दिनदाहलै व्यस्त शहर बानेश्वरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोलि हानी हत्या भयो । गौचनको हत्याको जिम्मा ‘गुन्डानाइके’ मनोज पुन मगर समूहले लिएको छ ।
काठमाडौंका एक प्रहरी अधिकृतलाई अननोन नम्बरबाट फोन गर्दै घटना मनोज पुन समूहले घटाएको र आफू त्यस समूहको सदस्य भएको दाबी गरेका थिए ।

मनोज पुन समूहले गएको वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली हानी हत्या गरेको थियो । पुन भारतमा बस्दै नेपालमा आपराधिक क्रियाकलाप गर्दै आएका छन् ।

यसैबिच प्रहरीले संलग्न भएको आरोपमा तीन जनालाई पेस्तोल र तीन राउण्ड गोलीसहित पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी एसएस्पी प्रमुख रविन्द्र धानुकले मिनभवनमा हत्यारा नपक्रिएसम्म शव नबुझने भन्दै आन्दोलन गरेका निर्माण व्यवसायीसँग तीन जना पक्रिसकेको दाबी गरेका छन ।
पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका दिलिप लामा, छिरिङ तामाङ, सञ्जय तामाङ छन् । उनीहरु गौचन हत्या प्रकरणमा संलग्न रहे नरहेको पुष्टि भने भइसकेको छैन ।

यता गृहमन्त्री जनार्दन शर्माले शंकास्पद तीनजना पेस्तोलसहित पक्राउ परिसकेको भन्दै हत्यामा संलग्न व्यक्तिलाई छिट्टै सार्वजनिक गरिने बताएका छन् । उनले शोकाकुल परिवार र निर्माण व्यवसायीलाई धैर्यधारण गर्न आग्रह पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *