२०८१ वैशाख ८ गते | 20th of April 2024

गौरी जोशी भोली लस एन्जलसमा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २० गते ०:०१

 लस एन्जलस, अमेरिका । आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष पदका चर्चित प्रत्याशी गौरीराज जोशी भोली लस एन्जलस आउंदैछन । एनआरएन अमेरिकाको निर्वाचन समितिको अन्तिम उम्मेद्वार सुचीमा अध्यक्ष पदका रुपमा उम्मेद्वारको सुचीमा नपरेका जोशी आफ्नो पुर्ववत घोशित कार्यक्रमलाई निरन्तरता दिनका लागि लस एन्जलसमा सम्बोधन गर्न आउने बताईएको छ ।

न्यूयोर्क, बोस्टन लगायत त्यस भेगका क्षेत्रहरुमा आफ्न कार्यक्रमहरुलाई सम्बोधन गरेर टेक्सास फर्किएका जोशी भोली लस एन्जलस र पर्सि सान-फ्रान्सिस्कोमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
लस एन्जलसको कार्यक्रमको संयोजन गरिरहेकी उपाध्यक्ष पदकी उम्मेद्वार उमा कार्की थापाले प्रकाशित गरेको सुचना यस प्रकार रहेको छ :
आदरणिय सम्पुर्ण लसएन्जल्सबासी
नेपाली दाजुभाई तथा दिदिबहिनिहरु
हार्दिक अभिवादन तथा नमस्कार ..!!

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनको अध्यक्षका प्रत्याशी उम्मेदवार गौरी जोशी र वहाँलाइ समर्थन गरेका अन्य पदका उम्मेदवारहरुको आयोजनामा निर्वाचन प्रचार प्रसार तथा भेटघाट कार्यक्रमको आयोजना निम्न उल्लेखित मिति ,समय र स्थानमा हुने भएकोले यहाँहरूको गरिमाय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु !
धन्यबाद

उमा कार्की थापा (5626592854)
उपाध्यक्ष उम्मेदवार
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) अमेरिका

कार्यक्रम :
मिति : August 4 th Friday
समय : बेलुकी ८ बजे 
स्थान : Tara Himalayan Cusine, 177221 Pioneer Blvd, Artesia, CA, 90701

Leave a Reply

Your email address will not be published. Required fields are marked *