२०८१ वैशाख ११ गते | 23rd of April 2024

चलचित्र ‘कान्छी’को गीत रिलिज, दया र श्वेताको केमेष्ट्री (भिडीयो)

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १७ गते १७:२२

काठमान्डौं । नायक दयाहाङ राई र नायिका श्वेता खड्का अभिनीत फिल्म ‘कान्छी’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका विच फिल्ममा समावेश लोक लयको ‘चरी चट्ट परी’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत सुन्न सकिन्छ भने अञ्जु पन्त र राजनराजकै स्वर रहेको छ ।

बसन्त श्रेष्ठ कोरियोग्राफर रहेको गीतको भिडियोमा दया, श्वेता, प्रज्जवल सुजल गिरी लगायतका कलाकारहरु फिचरिङ छन् । माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्मलाई ‘कोहिनूर’ फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् ।

गीत रिलिज कार्यक्रममा बोल्दै नायिका श्वेताले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली स्वरुप एउटा राम्रो फिल्म समर्पण गर्ने प्रयास गरेको बताइन् । फिल्ममा उनले ‘कान्छी’को भूमिका निर्वाहा गरेकी छिन् । कार्यक्रममा २३ वर्ष अगाडि निर्माण भएको फिल्म ‘कान्छी’का नायक शिव श्रेष्ठ र नायिका शर्मिला मल्ललाई फिल्मको टीमले माला लगाएर सम्मान गर्‍यो । यो फिल्ममा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । ‘कोहिनूर’पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *