२०८१ वैशाख ११ गते | 23rd of April 2024

छानबिन समितिबाट ठुलो संख्यामा सदस्यहरुको मताधिकार हनन हुनु अशोभनीय छ – गौरीराज जोशी

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २६ गते १९:३९

लस एन्जलस, अमेरिका ।

आसन्न एनआरएन, अमेरिकाको निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार गौरीराज जोशीले सदस्यता छानबिन समिती मार्फत काटिएका साधारण सदस्यहरु मताधिकारबाट बन्चित हुने अवस्था आउनु अशोभनीय रहेको जनाउनुभएको छ । ‘स्वतन्त्र र एनआरएन कार्यसमिती भन्दा बाहिरका दक्ष ब्यक्तिहरु सम्मिलित सदस्यहरुको समिती बनाउनुका अलावा नियिजित पाराले बनेको र केही सदस्य न्यायिक समितिले अयोग्य समेत ठहर्याएको अपूर्ण समितिले गरेको छानबिन प्रकृया सान्दर्भिक छैन’, पारिवारिक भेटघाटका लागि क्यालिफोर्निया राज्यको लस एन्जलस आउनुभएका जोशीले यसबारे कसरी अघि बढ्ने सल्लाह भैरहेको जनाउनुभयो ।

यसअघि बिद्धार्थी भिसामा अमेरिकामा रहेका तर बिद्धार्थी बाहेक अर्को स्टाटस नभएका साधारण सदस्यहरुलाई प्रमाण नजुटे ‘मताधिकारबाट बन्चित रहने तर सदस्यता यथावत रहने’ छानबिन समितिको निर्णय बाहिर आएको थियो । ‘के अब यो निर्णयले एनआरएन अमेरिकाको निर्वाचन तालिका र प्रकृयामा असर पर्दछ त ?’ प्रश्नोत्तरमा जोशीले यसबारे छिट्टै खुलस्त पारीने बताउनुभयो ।

युवाहरुको समावेशिता सहित सामुदायिक सेवा अभियानमा आफु लागेको बताउंदै प्रतिलक्षित गरेर करिब १५०० तिनै बिद्धार्थसदस्यहरुको मताधिकार बन्चित गराउनु हाम्रो कर्तब्यभित्र पर्दैन भन्दै जोशीले थप्नुभयो ‘मसंग ठुला नाराहरु छैनन । बिद्धार्थी, युवा, समुदाय र सपना बोकेर परदेशिएकाहरुलाई सिप र रोजगार सिर्जना गराई उनीहरुको आर्थिकस्तर बढाउनु मेरा प्राथमिकतामा पर्दछन ।’

https://www.facebook.com/gokulvivas/videos/10209403834188912/

एफ-१ ग्रुप, अमेरिकाले आयोजना गरेको संक्षिप्त अन्तर्कृयामा बोल्दै जोशीले सहमतीको लामो प्रयास गर्दा पनि सम्भव नभएपछी आफु पूर्ण तयारीका साथ निर्वाचनमा अध्यक्ष पदका लागि होमिएको बताउनुभयो । जोशीले आफ्नो निर्वाचनका लागि उम्मेद्वार समुहमा राजनीति, गुट र परिवारवादलाई नसमेटी सामुदायिक सेवामा ईमान्दारिताका साथ लागिपरेकाहरुको सक्षम टीम बनाईने जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *