२०८१ वैशाख १२ गते | 24th of April 2024

जनसंपर्क समिति, अमेरिकाका सभापति बिष्ट कांग्रेसको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २८ गते ९:५५

अमेरिका । नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्ट नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोनित हुनुभएको छ । पार्टी सभापति आदरणीय शेरबहादुर देउवाले सभापती विष्टलाई नेपाली कांग्रेस केन्द्रीय समितिमा (आमन्त्रित) सदस्यका रुपमा आजै मनोनयन गर्नु भएको हो ।

प्रवासी अमेरिकी भूमिमा बसेरै पनि विगत दुई दशकदेखि नेपालको लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा निरन्तर योगदान गर्नु भएका सभापती बिष्टलाई उहाँको योगदानको कदर गर्दै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय समितिमा (आमन्त्रित) सदस्यमा जस्तो गरिमामय पदमा मनोनयन गर्नुभएको छ ।

पार्टीको भाई-संगठनको रुपमा संसारभर सकृय नेपाली जनसम्पर्क समितिहरु मध्यबाट नेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय समितिका सभापती विष्टलाई आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित गरिएको छ । गत सेप्टेम्वर महिनाको अन्तिम साता संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क आउनु भएका आदरणीय पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समितिको तर्फबाट कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने घोषणा गर्नु भएको थियो ।

Image may contain: 3 people, people smiling

महा-भुकम्पको प्रलय, स्थानीय निर्वाचनका लागि पटक पटक जन्मभुमीमा गएर सभापति बिष्टले सहयोग दिलाउनुभएको छ । त्यसो त। निकट भबिश्यमा सम्पन्न हुन गैरहेको संसदीय तथा प्रदेश निर्वाचनका लागि पनि पार्टीलाई सघाउन बिष्ट नेपालमै हुनुहुन्छ ।

नेपाली कांग्रेस पार्टीको आमन्त्रित केन्द्रिय सदस्य जस्तो गरिमामाय पदमा नियुक्त हुनुभएकोमा सभापति बिष्ट हार्दिक बधाई तथा सफल कार्यकालका लागि मंगलमय शुभकामना !  सभापतिज्यूको सुझबुझपूर्ण राजनीतिक यात्रा, लगाव र अनुभवले प्राप्त यो सफलताले लोकतन्त्रप्रेमी प्रवासी नेपाली समुदायका खातिर सफलीभूत योगदान मिलोस, हार्दिक मंगलमय शुभकामना !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *