२०८१ वैशाख ११ गते | 23rd of April 2024

जनसम्पर्क समिती, अमेरिका, क्यालिफोर्निया नर्दर्न क्यालिफोर्निया च्याप्टरको बनभोज कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १८ गते २१:३५

धुब्र कुंवर, क्यालिफोर्निया – जनसम्पर्क समिती, अमेरिका, क्यालिफोर्निया नर्दर्न क्यालिफोर्निया च्याप्टरले   भव्य बनभोज (पिकनिक) कार्यक्रम गर्ने भएको छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालिाका तिजको अवसर पारेर आउंदो अगष्ट ६ तारिख आइतवार बृहत बनभोज (पिकनिक) कार्यक्रम गर्न लागेको र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जन सम्पर्क समिती अमेरीका क्यालिफोर्निया च्याप्टर सभापती पुर्ण शेर्पा तथा पिकनिक कार्यक्रम संयोजक नारायण खनालले जानकारी दिनुभयो ।

पिकनिकका अवसरमा स्वास्थ्य शिविर तथा आसन्न एनआरएन अमेरीकाका उपस्थित उम्मेद्धारहरुबीच छलफल कार्यक्रम समेत गरिने कार्यक्रम संयोजक खनालले बताउनुभयो ।

सो क्षेत्रका करिब एक हजार बढि नेपालीहरु सहभागी हुने आंकलन गरिएको छ कार्यक्रम संयोजक खनालले भन्नुभयो -“पिकनिकमा कार्यक्रम उपसंयोजक गोमा दिदिले घरमै पकाएको सेलरोटी तथा सभापती पुर्ण शेर्पा दाइले पकाएको खसिको मासुसंगै नेपाली खानाको व्यवस्था समेत गरिएको छ ।”

पेय पदार्थ संगै कलाकारहरुको सांगितिक प्रस्तुतीले अझै भव्य बनाउने पिकनिकमा सहभागी हुन आयोजकले सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *