२०८१ वैशाख ८ गते | 20th of April 2024

ट्रम्प राष्ट्रपति भएयता ४१ हजार कागजातविहीन आप्रवासी पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १२ गते १९:२६
अमेरिका – राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार लिएयता गैरकानुनी रूपमा अमेरिका बस्दै आएका कागजातविहिन विदेशी पक्राउ पर्नेक्रम ह्वात्तै बढेको छ ।
इमिग्रेसनसंग सम्बन्धित संघिय अधिकारीका अनुसार २०१७ जनवरी २० यता यूएस इमिग्रेसन एण्ड कस्टम्स इन्र्फोस्मेण्ट (आईसीई)ले ४१ हजार भन्दा बढीलाई पक्राउ गरेको छ । यो यस अघि सन् २०१६ को उक्त अवधिका तुलनामा ४० प्रतिशतले बढी हो ।
यो साता मात्र क्यालिफोर्नियामा आईसीईले झण्डै २० सय जना कागजात विहिनलाई पक्राउ गरेको थियो । यो धरपकडमा ११ देशका नागरिक परेका छन् ।
मेक्सिकोका सबैभन्दा बढी १ सय ४६ जना नागरिक पक्राउ परेका छन् । ह्वाइट हाउसको अनुदार आप्रावासी नीति अनुसार अहिले अमेरिकाका कयौँ शहरमा आईसीईको सकृयता बढेको छ । फोटो साभार: सामाजिक संजाल

– Source : HimalayaKhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *