२०८१ वैशाख २६ गते | 8th of May 2024

डा. केशव पौडेलको टिमद्धारा घोषणा पत्र सार्वजनिक (घोषणा पत्र सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २ गते २१:४२

अमेरीका-  गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाका बर्तमान अध्यक्ष एवम आगामी कार्यकालका लागी अध्यक्षका सबैभन्दा बलिया प्रत्यासी डा. केशव पौडेल र उहांको टिमले घोषणा पत्र सार्वजनिक गरेको छ ।

अध्यक्ष पदका अन्य केही उम्मेद्धार सहितका अरु पदका उम्मेद्धारहरु गुट उपगुट बनाउन तथा बिभिन्न पदका आकांक्षीहरुलाई आफ्नो प्यानलमा ल्याउन र हटाउन सक्रिय रहेका बेला सोमवार सामाजिक संजालमार्फत डा. पौडेलले आफ्नो टिमको घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।

यो कार्यकालमा अधुरा रहेका कामहरुलाई आगामी कार्यकालमा पुरा गर्ने वाचा सहित दोश्रो कार्यकालका लागी चुनावी मैदानमा होमिएका डा. पौडेलले अन्य पदहरुमा पनि दरिला, प्रतिष्ठित र सक्षम व्यक्तिहरुलाई साथमा लिएर चुनावी भेटघाट र प्रचारप्रसारलाई व्यापक बनाउनुभएको छ ।

सबैको साथ, सल्लाह र टिमवर्कबाट तयार पारिएको घोषणा पत्रमा एनआरएन अमेरीकालाई अझै समृद्ध बनाउन संगठन बिस्तार गर्ने देखी लिएर एनआरएन परिचयपत्र संगै आपतकालिन कोष रकमको बृद्धि तथा हेल्पलाईन र स ुचना केन्द्रको स्थापना गर्न पहल गर्ने लगायतका कुरा समेटिएका छन् ।

यस्तै घोषणा पत्रमा बिभिन्न शहरहरुमा नेपाली सामुदायीक भवन निर्माण तथा नेपाली सामुदायिक बैंकको सफलताका लागी आवश्यक सहयोगका साथै नेपालीहरुको बाक्लो बस्ति रहेका अमेरीकाका बिभिन्न शहरहरुमा कन्स ुलेट अफिसका लागी पहल गर्ने उल्लेख छ ।

बुंदागत रुपमा सार्वजनिक गरिएको घोषणा पत्रमा दोहोरो कर प्रणाली अन्त्यका लागी ठोस कदम, नेपालको लाप्राक बस्ति तथा एनआरएन भवनका लागी आर्थिक सहयोग संकलन सम्मका कुराहरु समेटिएका छन् । एनआरएनमा आम सहभागीताको लागी अन्य बिभिन्न कार्यक्रमहरु तर्जुमा गर्ने योजना सहित अगाडी बढेको डा. पौडेल टिमले महिलाहरुको सहभागीता बढाउन बिभिन्न कार्यक्रहरु अगाडी बढाउने घोषणा पत्रमा जनाइएको छ ।

एनआरएन अमेरीकाको निर्वाचन अर्को महिनाको ११ र १२ तारिखमा हुदैछ । निर्बाचनमा अध्यक्ष पदका लागी डा. पौडेल सहित ५ जना चुनावी मैदानमा छन् । डा. पौडेलको टिममा शुनिल शाह बरिष्ठ उपाध्यक्षका उम्मेद्धार हुनुहुन्छ भने बिआर लामा महासचिवका उम्मेद्धार हुनुहुन्छ । यस्तै उपाध्यक्षमा रामकुमार सुबेदी, राधा पौडेल, जेदु पोखरेल र सर्बज्ञ वाग्ले हुनुहुन्छ भने सचिवमा होम गौतम उम्मेद्धार हुनुहुन्छ ।

Source : HImalPati

Leave a Reply

Your email address will not be published. Required fields are marked *