२०८१ वैशाख ७ गते | 19th of April 2024

दोस्रो एन ए सी फुटबल : बाल्टिमोर सहित अमेरिकाको उत्कृस्ट आठ फुटबल नेपाली टिम दर्ता

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २८ गते १७:०६

गत वर्षदेखि सुरु गरिएको नेपलिज अमेरिकन कन्भेन्सन यही जून ३० देखि जुलाई २ सम्म डल्लासको टेक्सासमा हुदैछ । खेलकुदप्रेमी युवा तथा खेलकुद टिम र बिशेश गरि अमेरिकाभरि रहेको नेपाली फुटबल टिमको धेरै बर्षको प्रयास पछि गत वर्षदेखि एन ए सीको शुरुवात भएको हो । गतवर्ष नै पहिलो पटक फुटबल मा प्रथम हुनेलाई ५,००० डलर र द्धितियलाई २,००० डलर अहिलेसम्मकै ठुलो राशीको नगद पुरस्कार रहेको थियो भने यस वर्ष प्रथम लाई ६,००० डलर र द्धितियलाई २,५०० डलर नगद पुरुस्कार राखिएको छ ।
यस वर्ष दोस्रो एन ए सी मा जम्मा १२ वटा टिमलाई समाबेश गरिने छ । गुणस्तरिय र कठिन प्रतियोगिताको स्वरुप दिईएको एन ए सी फुटबलमा संख्यात्मक भन्दा गुणात्मकलाई प्राथमिकता दिने यसको मूल उदेश्य रहेको छ ।
हालसम्म गत वर्षको उपविजेता बाल्टिमोर सहित भास्टिका डल्लास गुर्खास, डल्लास एभेरेस्ट, डल्लास डीएफडब्लु, इस्ट बे सान-फ्रान्सिस्को, सन् फ्रान्सिस्को एकता, एस थ्री एस सन्निभेल र एल ए ११ लस एन्जलस गरि आठ टिमले दर्ता गरिसकेका छन् ।
त्यसै गरि मे १५ सम्म गत बर्सको पहिलो एन ए सीमा भाग लिएका टिम लाई दर्ता गर्न को लागि प्राथमिकता दिईएको छ । गत वर्षको बिजेता न्युयोर्क र अर्को पुरानो टिम डिसी एफसी भने दर्ता हुनै बाँकी छ ।
एफ वन ग्रुपको आयोजना र नेपाली सोसाईटी अफ टेक्सास (NST) को सहकार्यमा हुन गईरहेको दोस्रो नेपलिज कन्भेन्सनको फुटबल प्रतियोगिताबाट ११ जना अल इस्टार खेलाडी रोजिने र नेपालको राष्ट्रिय फुटबल टोलीलाई तालिमको लागि अमेरिकामा नोभेम्बरमा ३ हप्ता ल्याईने कुराको प्रारम्भिक छलफल भईरहेको छ र यदी उक्त राष्ट्रिय टोली अमेरिकामा तालिमको लागि एन ए सी अल स्टारसंग खेल खेल्ने योजना छ । नेपाली राष्ट्रिय टोलीलाई अमेरिकाको हावापानीमा र यहिको ठाउँमा तालिम गर्दा नेपाली फुटबल क्षेत्रमा थप उर्जा मिल्न सक्ने हुनाले आयोजक एन एस सी, सहकार्य गर्ने एन एस टि र एन्फा बीच प्रारम्भिक छलफल भईरहेको छ ।
त्यसैगरी यस वर्ष पहिलो पटक जुनिअर फुटबल पनि हुने भएको छ । लस एन्जलस जुनिअर टिम, डल्लास सहित अन्य २-३ वटा टिमको सहभागी हुने भएको छ । ८ देखी १५ वर्ष उमेरका खलाडीहरुको जुनियर टीमलाई ७ ‘ए’ साईड खेलाईनेछ ।

One thought on “दोस्रो एन ए सी फुटबल : बाल्टिमोर सहित अमेरिकाको उत्कृस्ट आठ फुटबल नेपाली टिम दर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *